पाठेघरको मुखको क्यान्सर,यसको लक्ष्ण र रोकथाम

महिलामा हुने क्यान्सरमा स्तनपछि दोश्रो प्रमुख क्यान्सर – पाठेघरको मुखको क्यान्सर हो । विश्वमा प्रतिवर्ष अन्दाजी ५ लाख मानिसलाई पाठेघरको मुखको क्यान्सर हुने गर्दछ भने अन्दाजी २ लाख महिलाहरुको यो रोगबाट मृत्यु हुन्छ । नेपालमा प्रतिवर्ष कति महिलालाई यी रोग लाग्छ र कतिको मृत्यु हुन्छ भन्ने सही तथ्यांक छैन ।

पाठेघरको मुखको क्यान्सर भन्नले के बुझीन्छ?

-पाठेघरको बाहिरी भाग( योनी) जुन हामी बाहिरबाट हेर्छौ तेस्मा सुरुवातमा घाउ जस्तो हुन्छ अनी तेस्लाई वास्ता गरेन, रेगुलर चेकअप गराएेन भने त्यो बिस्तारै बिग्रिदै गएर क्यान्सर को रुप लिन्छ। यसलाई नै पाठेघरको मुखको क्यान्सर भनिन्छ।

यो क्यान्सर कुन उमेर समुहको महिलालाई लाग्ने गर्द्छ?

– खास यो ४० देखी ५० बर्षको उमेरको महिलामा द्खिने रोग हो। तर आजकल यो कम उमेरको महिलामा पनि देखिन थालेको छ। आहिले त यो रोग २०-३० बर्षको महिलाहरुमा पनि देखिरहेको छ।

यो रोग लाग्ने मुख्य कारण के हो?

– ८० प्रतिसत पाठेघरको क्यान्सर ह्युमन प्यापिलोमा भाइरसका कारणले हुने गर्द्छ। हामीले खोप लगायौ भने योबाट जोगिन सक्छौ तर यो खोप महँगो भएको कारणले सरकारले पनि बितरण गर्दैन। मानिसहरुले सोदपुछ गर्छन् तर महँगो भयो भनेर लिन मन गर्दैनन।

यो खोप को मुल्य चाँही कती हो? र यो कतिपटक र कसरी प्रयोग गर्ने?

– यो सुईको मोटामोटी ६ देखी ७ हजारसम्मा पर्न जान्छ। यो छ महिनमा ३ पटक प्रयोग गर्नुपर्छ। आज सुई लगायो भने आजको २ महिनपछी अर्को सुई लगाउने र तेस्को ४ महिनापछी आन्तिम सुई लगाउनु पर्छ ।

तर म मान्छेहरुलाई के भन्छु भने “दाइजो कम दिनु तर यो सुई दिनुहोस्” तर उनिहरु सुन्दैनन।

यो सुई नौ बर्षको उमेर देर्खिनै दिन मिल्छ। सेक्स लाईफ सुरु हुनु भन्दा अगाडि दिएको झनै राम्रो र येदि सेक्स लाईफ सुरु भैसकेको छ भने ४५ बर्ष सम्म पनि यो सुइ दिन मिल्छ।

८० प्रतिसत पाठेघरको क्यान्सर ह्युमन प्यपिलोमा भाईरसको कारणले हुने गर्द्छ भने बाँकी २० प्रतिसत के कारणले हुने गर्द्छ?

– बाँकी २० प्रतिसत चाँही

– बाल विवाह

– धेरै वटा सेक्स पार्टनर: आजकल धेरै मान्छेहरुको एक भन्दा बढी सेक्स पार्टनर हुने गरेको छ। यसको कारणले गर्दा पनि यो रोग बढ्दै गैरहेको छ। श्रीमतीको मात्रै होईन श्रीमानको पनि धेरै वटा सेक्स पार्टनर भएको खन्डमा यो रोग श्रीमतीलाई लग्ने गर्छ।

– धेरै वटा बच्चा जन्माउनु।

– धेरै धुम्रपान गर्ने : संसारमा सबै भन्दा बढी धुम्रपान गर्ने महिलाहरू नेपालमा छन्। यो कारणले गर्दा पनि यो रोग नेपालमा बढ्दै गैरहेको पाईन्छ।

यसको पहिलो चराणको लक्ष्ण के कस्तो देखिन्छ?

– यस्को लक्ष्ण एकैचोटी क्यान्सर लागि सकेपछी मात्र थाहाहुन्छ किनभने यो भित्री कुरा हो। बिरामीले यो आफ्नो आँखाले देख् सक्दैन। अनी डाक्टरकोमा यहाँ चेकअप गराउन जाने चलन छैन।

“तपाईंले जती लेखे पनि, मैले जती भने पनि उनिहरुले सुन्दैनन।

उनिहरुलाई समस्या नभए सम्म आउँदैआउँदैनन ।”

यो रोगबाट बच्नलाई के के गर्नुपर्छ?

– यो रोगबाट बच्नलाई सर्बप्रथम त हरेक बर्ष डाक्टरलाई चेकअप गराउन जाने।

-दुई दुई बर्षमा पैप स्मियर गराउने।

-सरसफाईमा एक्दमै ध्यान दिने। हरेक दिन कट्टु फेर्ने। तल्लो भाग सधैं सफा र सुक्खा राख्ने।

– महीनावारी हुँदा टालोको प्रयोग नगर्ने

-धुम्रपान नगर्ने।

यसो गर्दा यसलाई हामीले केही हदसम्मा रोक्न सक्छौ।

(वरिष्ठ स्त्री रोग विशेषज्ञ डा. ज्योति अग्रवालसँगको अन्तर्वातामा आधारित )

महिला स्वास्थ्य

प्रतिक्रिया दिनुहोस