किन आउछ त आँखामा आँसु ? थाहा पाउनुहोस

एजेन्सी— कहिलेकांही हाम्रो आँखा यत्तिकै रसिलो बनिदिन्छ । कहिलेकांही हामीलाई के भएको छ भन्ने थाहा नहुँदै पनि आँखाबाट आँसु चुहिएको हुन सक्छ । अनि हामी सोच्छौँ, मेरा आँखा किन रसाए ? आँखाबाट आँसु किन आयो ?

आँखामा आइलिड हुन्छ, जहाँ आँसु उत्पादन गर्ने ग्रन्थि हुन्छ । र, आँखाछेउको तल–माथि दुवैतिर प्वाल हुन्छ । ग्रन्थिले आँसु उत्पादन गर्छ र प्वालबाट बाहिर आउँछ । आँखाको सेतो भागमा पनि यसरी नै पानी सप्लाई हुन्छ । यसका साथै नाकलगायत शरीरका अन्य भागमा पनि प्वालका माध्यमबाट पानी सप्लाई हुने गर्छ । त्यस्ता प्वाल वा पानी सप्लाई गर्ने नली साँघुरो भएको वा टालिएको अवस्थामा आँखाबाट पानी वा आँसु बग्ने गर्छ ।

आँसुमा हुने पदार्थ जस्तै– नुन, तेलको ब्यालेन्स नमिल्दा पनि आँखाबाट अनावश्यक पानी बग्ने गर्छ । जसका कारण हाम्रो आँखा सुक्खा हुने समस्या पनि हुन्छ ।

विशेषगरी, जाडो मौसममा चल्ने हावाले आँखाको तरल पदार्थलाई बाफ बनाएर उडाउँछ र आँखाबाट आँसु आउने गर्छ । यसो हुँदा पनि आँखा सुक्खा हुँदै जान्छ ।

प्रतिक्रिया दिनुहोस