बालिकाको पेटमा आधा किलो रौँ र स्याम्पूको खोल, चिकित्सक हैरान !

एजेन्सी । भारतको तमिलनाडुकी एक १३ वर्षीया बालिकालाई लगातार पेट दुख्यो । उनी अस्पताल भर्ना भइन् । चिकित्सकले उनको पेटमा आधा किलो रौँ र स्याम्पूको खोल देखिएपछि चिकित्सक हैरान भएका छन् ।

कक्षा सातमा पढ्ने बालिकाले सधैँ पेट दुखेको गुनासो गर्थिन । उनलाई परिवारले उपचारका लागि अस्पताल लगे । बिजेएम अस्पतालमा जब चिकित्सकले बालिकाको सिटी गरे, तब पेटमा फरेनबडी रहेको फेला पर्यो ।

बालिकाको शल्यक्रिया गर्नुपर्ने भयो । शल्यक्रियाबाट चिकित्सकले ५०० ग्राम रौँ र स्याम्पूको खोललगायत भेट्टियो । चिकित्सक यो देखेर हैरान भए । बालिका आफन्तको घरमा लामो समयसम्म बसेकी थिइन् । त्यहीँ समयमा धेरै पहिले उनले भोकले रौँ र स्याम्पूका खोललगायतका खाएको खुलेको छ ।

प्रतिक्रिया दिनुहोस