युवतीलाई जबरजस्ती गर्भवती बनाउने यस्तो समाज

विश्वका कैयौ स्थानमा गजबका परम्परा चलिआएका छन् । जसको पालना त्यहाँका मानिसहरुले बाध्यताले पनि गरिरहेका छन् । नाइजेरियाको एउटा समुदायका महिलामाथि अमानविय व्यवहार हुँदै आएको छ । महिलामाथि अति घिनलाग्दो व्यवहार गर्दै आएका नाइजेरियाका समुदायका मानिसहरुले १३ वर्षबाट १८ वर्ष सम्मका केटीहरुलाई जबरजस्ती गरेर बच्चा जन्माउन लगाउँछन् ।

केटीहरुले बच्चा जन्माएपछि बच्चालाई बेच्छन् । जसको बच्चा छैन उसले किनेर लैजान सक्छन् । केटीहरुको स्वास्थ्य तथा भावनाको केही ख्याल नराखी एक पोल्ट्री फर्मको जस्तो बच्चाको उत्पादन गर्छन् । केटीहरुमाथिको यस्तो शोषणलाई ‘बेबी फार्मिङ’ भनिन्छ । त्यहाँका मानिस र जनावरलाई एकै प्रकारको व्यवहार गरिन्छ । केटीको इच्छालाई कसैले महत्व दिदैनन् । उनीहरुलाई बन्दुकले तर्साएर गर्भवती हुन दबाब दिइन्छ ।

यस्ता बेबी फर्म लुकेर अस्पताल र अनाथालयले अवैध रुपमा चलाईरहेका छन् । यसरी जबरजस्त गर्भवती हुने केटीहरु प्राय गरीब घरका हुन्छन् । यी मध्ये कति बाध्यताको कारण गर्भधारण गर्छन् भने कतिले डराएर यस्तो घिन लाग्दो काम गर्छन् । यस्तो अवस्थामा नाइजेरीयाको कानुन बाधा बनेको छ । नचाहेको गर्भपात गर्न गैरकानुनी मानिएकोले अबैध बेबी फर्मले कानुनको फाइदा लिदै आएका छन् । अफ्रिकाको महाद्वीपमा अत्यधिक गरीब भएको कारण अन्य देशमा पनि यस्तो घिनलाग्दो कारोवार बढ्दै गएको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस