आज घट्याे सुनकाे मूल्य, हेर्नुहाेस कतिमा हुँदैछ काराेबार ?

काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रति तोलामा ९०० रुपैयाँले घटेर प्रति तोला ९६ हजार ६०० रुपैयाँमा कारोबार भैरहेको छ ।

बुधबार सुनको भाउ प्रति तोला ९७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुनको भाउ ९७ हजार रहेको छ ।

त्यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदी प्रति तोलामा २० रुपैयाँले घटेर प्रति तोला १ हजार ३२० रुपैयाँ कायम भएको छ । तर बुधबार चाँदी प्रति तोला १ हजार ३४० मा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस