श्रीमान् कोलकातामा, श्रीमती भइन् गर्भवती, जवाफ सुनेर सबै हैरान !

एजेन्सी । नेपालको सीमा क्षेत्रमा रहेको बिहार जगदीशपुरमा एक महिला अचानक गर्भवती भइन् । महिलाकी नन्द आफ्नो दाइ कोलकातामा रहेको भन्दै डिआइजीसम्म पुगिन् । गर्भवती भएकी महिलाका श्रीमान् डेढ वर्षदेखि कोलकातामा भएका कारण महिला कसरी गर्भवती भइन् ?

महिलाकी नन्दले तीन महिनादेखि भाउजू गर्भवती रहेको बताइन् । ती महिलाका डेढ वर्षीया छोरी छन् । श्रीमानले कोलकातामा जागिर गरिरहेका छन् । यस्तोमा सबैलाई आश्चर्य लाग्यो ती महिला कसरी गर्भवती भइन् ?

भारतीय सञ्चारमाध्यमकाअनुसार नन्द आक्रोसमा आइन् र फेरि एक पटक डिएनए टेष्टको माग गरिन् । चिकित्सकले जाँच गर्दा तीन महिना पुग्नका लागि १२ दिन कम रहेको बच्चा गर्भमा रहेको बताए ।

नन्दले उनलाई घरबाट निकाल्न प्रयास गरिन् । श्रीमानले पनि कस्को बच्चा हो भनेर प्रश्न गरे । तर महिलाले त्यसको ठोस उत्तर दिइनन् । ती महिलालाई घरबाट निकाल्न थालेपछि उनले गर्भमा भएको बच्चाका बारेमा आश्चर्य जनक कुरा सुनाइन् । त्यो कुराले सबै जना आश्चर्यमा परे ।

ती महिलाले आफ्नो श्रीमानको बच्चा भएको दावी गरिन् । उनले भनिन्, ‘म जहिल्यै सुतेपछि श्रीमान सपनामा आउनु हुन्थ्यो । त्यसैक्रममा मलाई उहाँले शारीरिक सम्पर्क गर्नुभयो । त्यसैकारण म गर्भवती भएँ ।’

आश्चर्यजनक जवाफले पुलिसले थप अनुसन्धान गर्न बाध्य भयो । लामो समयपछि ती महिलासँग एक युवकले नियमित फोन सम्पर्क गरेको भेट्टियो । युवकलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा त्यहीँ युवकको गर्भधारण गरेको फेला परेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्

प्रतिक्रिया दिनुहोस