गोलो नाक, ठूलो कान, जम्मा ३ मात्र दाँत: एक लाख वर्ष पहिलेका मानिस !

एजेन्सी । मानिसका पूर्वज एक लाखभन्दा धेरै वर्षदेखि अस्तित्वमा रहेको पुष्टि भएको छ । त्यो समयमा उनीहरु कस्ता देखिन्थे ? धेरैलाई यो प्रश्नको उत्तर जान्ने उत्सुकता हुनु स्वभाविक हो ।
एक लाख वर्ष पहिलेका मानिसको गुलाबी रंगको हड्डी, तीनवटा मात्र दाँत र गोलो नाकको टुप्पो रहेको दावी गरिएको छ ।
वैज्ञानिकहरुले अनुवंशिक डाटाको प्रयोग गरेर लामो समयपछि एक लाख वर्ष पहिलेका मानिसको प्रारुपका विषयमा जानकारी सार्वजनिक गरेका छन् । इजरायलको जेरुसेलममा रहेको हिब्रु विश्वविद्यालयका एक अध्ययनकर्ता लिरान कार्मेलले आफूहरुले ठूलो मेहनतपछि मानिसको एक लाख वर्ष पहिलेको अनुहारको अवस्थाबारे निष्कर्ष निकालेको बताएका छन् ।

अनुसन्धानमा जुटेका वैज्ञानिकहरुले मानिसका लोप भैसकेका जातिका विषयमा पनि अध्ययन गरेका छन् । उनीहरुले सांकेतिक तस्विरसमेत सार्वजनिक गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
अनुसन्धानकर्ताले ५६ वटा एनाटोमिकल फिचरबारे जानकारी प्रस्तुत गरेका छन् । मानिसका प्रजाति र शारीरिक बनावटका विभिन्न पक्ष अनुसन्धान प्रतिवेदनमा उल्लेख रहेको छ ।

प्रतिक्रिया दिनुहोस