घरको बाथरुममा थुनिइन् महिला, ६ दिनपछि यसरी भयो उद्दार

एजेन्सी । एक महिला आफ्नो घरको बाथरुममा ६ दिनसम्म थुनिएकी छन् । ६ दिनसम्म थुनिएकी महिलाको गम्भीर अवस्थामा उद्दार गरियो ।
फ्रान्सको डिनानमा यो घटना भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । ८३ वर्षकी महिलाको नाम भने सार्वजनिक गरिएको छैन ।

महिला एक्लै घरमा बस्थिन् । पुलिसले उद्दार गरेको समयमा महिला निक्कै कमजोर देखिएकी थिइन् ।
लामो समयदेखि सम्पर्कमा नआएपछि उनकी भतिजीले पुलिसमा रिपोर्ट गरेकी थिइन् । त्यसैका आधारमा खोजी गर्दा उनी बाथरुममा लक भएको भेट्टिएको थियो ।

फ्रान्सको पुलिसले उनलाई ६ दिनपछि उद्दार गरिएको जनाएको छ । ६ दिनसम्म उनले ट्वाइलेटको पानी खाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
तर पुलिसले भने उनको ६ दिने अवस्थाका विषयमा जानकारी दिएको छैन ।

फ्रान्सेली मिडियाहरुले निक्कै फोहोर अवस्थामा महिला भेट्टिएको जनाएका छन् । पुलिसले उनलाई उद्दार लगत्तै अस्पतालमा भर्ना गरिएको जनाएको छ ।
महिलाको स्वास्थ्य अवस्था सुधार उन्मुख रहेको छ । सामाजिक सञ्जालमा तीन दिनअघि मात्र घटना सार्वजनिक भएको थियो ।

प्रतिक्रिया दिनुहोस