सास गन्हाएर अप्ठ्यारो परेको छ ? यी घरेलु उपाय अपनाउनुहोस्

काठमाडौँ । सास गन्हाउने समस्या पनि मानिसको जीवनमा एक महत्वपूर्ण समस्या हो । प्राय कतिलाई सास गन्हाउने समस्याले सताएका हुन्छन् । यो समस्याले गर्दा कतिलाई आफ्नै साथीहरुले जिस्काउने र मानिसको अगाडी लज्जित वनाउने जस्ता कार्यहरु गरेका हुन्छन्, र कतिले भोगिरहेकै कुरा हो ।

यो समस्या भएका मानिसहरु अरु सँग बोल्दा पनि डराएर कपडाले मुख छोपेर बोल्नु पर्ने अवस्था र्सिजना हुन सक्छ । अरु व्याक्तिले पनि नराम्रो मान्ने हुदा निधक्क सँग अरुको संगत गर्न पनि गाह्रो हुन्छ । यसो त सास गन्हाउने समस्याको समाधाननै नभएको भने होइन । प्रसस्त पानी पिउने, नियमित दिनमा दुई चोटि खाना पछि दाँत माझ्ने, व्यायम र सन्तुलित भोजन गर्दा दातँ गन्हाउने समस्यावाट छुटकारा पाउन सकिन्छ ।

सास गनाउनुका पछाडि अनेकौं कारण हुन सक्छन्। खानपिन नमिलेर पनि यसो हुन सक्छ। समयमा ब्रेकफास्ट नगर्दा, नियमित रूपमा मुख सफा नराख्दा, खानेकुरा नपच्दा सास गनाउँछ। तर यहाँ बताइएका केही घरेलु उपचारले यो समस्याबाट मुक्ति दिन्छन्।

१ ग्रीन टी
ग्रीन टी पिउने गर्नुभयो भने सास गनाउन छोड्छ । यसको एन्टीब्याक्टेरियल तत्त्वले दुर्गन्ध ना’श गर्छ ।

२ बेस्सरी पानी पिउनुस्
पानी पिउँदा मुख ताजा रहन्छ र दाँतमा अड्केको खानेकुरा पनि पखालिएर जान्छ । यसरी मुख सफा भएर दुर्गन्ध हराउँछ ।

३ ल्वाङ र सूप
ल्वाङ चुस्नुभयो भने पनि सास गनाउन छोड्छ अनि दाँत पनि दुख्दैन । सूप चपाउनुभयो भने पनि मुखको दुर्गन्ध हराउँछ ।

४ कागतीको रस
एक गिलास पानी तताउनुस् र त्यसमा दुई चम्चा कागतीको रस हाल्नुस् । अनि मनतातो भएपछि बिहान बेलुका कुल्ला गर्नुस् । केही दिनमै मुखको दुर्गन्ध हराउँछ ।

५ हरियो अलैंची
अलैंची चपाउँदा दुर्गन्ध हराउने मात्र होइन मुखको स्वाद पनि बढ्छ अनि भोक लाग्ने समस्या अन्त्य हुन्छ।

प्रतिक्रिया दिनुहोस