यी ५ राशिहरुका लागि कात्तिक ३० गतेसम्म साढेसातिको दशा लाग्दै

२०७६ साल फागुन ४ गतेदेखि धनुराशिलाई छाेडेर आफ्नै घर मकरमा गाेचर गरिरहेका शनिग्रह धनुराशिमा आउनुलाई महत्त्वका साथ हेरिरहेको छ । कार्तिक ३० गते सम्म शनि देबगुरु बृहस्पतिकाे राशि धनुमा गाेचर गर्ने छन् । २०७६ साल फागुन ४ देखि समाप्त भैसकेका बृष,कन्या र बृश्चिक राशिहुनेहरुका लागि पुन अढैया र साढेसातिकाे दशा कार्तिक ३० सम्म चल्ने छ । याे अवधिभर यी राशिहुनेहरुले विशेष सावधानी अपनाउनु पर्ने देखिएकाे छ ।

श्रावण २१ पछि मिथुन, तुला तथा कुम्भ राशिहरुकाे अढैया र साढेसातिकाे दशा कार्तिक ३० सम्मका लागि समाप्ति हुदैछ । बाकी धनु र मकर राशिहरुका लागि भने साढेसाति यथावत् रहनेछ । बृष,कन्या राशिका मानिसहरुका लागि शनिकाे अढैया दशा सुरु हुने छ भने बृश्चिक,धनु र मकर राशिहुनेहरुका लागि साढेसातिकाे दशा रहिरहने छ ।

हामी मानिस दुईवटा ठूला शक्तिको बिचमा छौं । पहिला ब्रह्माण्डिय शक्ति जसमा ग्रह राशि तथा नक्षत्रहरुको प्रभाव नित्यरुपमा परिरहेको हुन्छ अर्को जमिन बाट आउने भूचुम्बकिय तरङ्ग । कसैलाई थोरै मेहनत गरे पनि राम्रो परिणाम प्राप्त भइरहेको हुन्छ भने कसैले कडा परिश्रम गर्दा खेरिपनि सोचेअनुसार भईरहेको हुँदैन ।

मानिस सुखी या दुःखित यसको परिणाम उसले गर्ने कर्ममा निर्भर रहन्छ । आफूले कस्तो कर्म गरिएको छ त्यसको फल समय अनुसार भोग्दै जानु पर्दछ । कर्मफलदाता शनि शास्त्रमा शनिका बारेमा लेखिएका थुप्रै ग्रन्थहरु छन् जसमा शनिलाई न्याधीशका रुपमा व्याख्या गरिएको छ ।

शनिको रुप कालो छ न्याधीशको उपाधीका कारणले कहिले पनि शनिले मानिसलाई धोखा दिदैन त्यहिभएरपनि हरेक न्यालयमा कालो कोट र तराजु राखिएको हो न्यायको लागि । शनिले राम्रो तथा नराम्रो कामको परिणम तुरुन्तै दिने हुनाले मानिसले शनिको बारेमा धेरै चासो राख्ने गरेको हो । नवग्रहहरुमा हरेक ग्रहले के फल दिने भन्ने कुरा निर्धारित हुनाले शनिले न्याय सम्बन्धि जिम्मा पाएको हो ।

शनि ग्रहकाे दस लामाे समयसम्म चलिरहन्छ । यदि अढैया तथा साढेसाति शनिको दशा चलेका राशिहरुमा पनि शनिग्रह जम्लग्न कुण्डलीमा स्नगृही, मित्रगृहि, उच्च राशि र ३,६,११ स्थानमा शनि भएका हरुलाई भने शनिले राम्रो फल दिने छ ।

यस्ता ब्यक्तिहरुका लागि शनिदेबले शुभ प्रधान गर्ने छन् । शनि खराब अवस्थामा रहेका हरुलाई शनिको दशामा झुट्टा आरोप लाग्ने आलश्य तथा मानसिक चिन्ता बढ्न, कममा ढिलासुस्ती, चोटपटकको योग, सन्तिच धनको नाश गराउने जस्ता नकरात्मक फल साढेसाती तथा अढैया दशा भएको बेला प्रभाव पर्ने छ ।

अनिष्ट फलबाट बच्नका लागि देबिको पुजा स्त्रीहरुको सम्मान शनिको दान पिपलमा जल चढाउने शनिस्तोस्त्रको पाठगराउने या गर्ने जस्ता उपाए अपनाएमा केहि अशुभ फल कमहुने ज्यातिषीहरुले जानकारी गराएका छन् ।

प्रतिक्रिया दिनुहोस