प्रहरीको लज्जास्पद हर्कत- कुलमानको पक्षमा बोल्दा लखेटी लखेटी यसरि भयो कु’टपि’ट, भिडियोसहित

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका निवर्तमान प्रमुख कुलमान घिसिङको पक्षमा वकालत गर्ने एक जना युवक प्रहरीबाट निर्घात कुटिएका छन् । सामाजिक कार्य गर्ने १०० ग्रुपका संस्थापक सिराहाको लहान घर भएका बब्लु गुप्तालाई प्रहरी निरीक्षक केशर न्याैपानेसहितको टोलीले निर्घात कु’टपि’ट गरेको हो ।

घिसिङलाई प्राधिकरणमा पुनः नियुक्त गर्न माग गर्दै माइतीघरमा प्रदर्शन गर्न जाने क्रममा गुप्तासहितको टोलीलाई बबरमहलमै प्रहरीले छेकेको थियो । प्रहरीले छेकेपछि कला परिषद् अगाडिको बाटो हुँदै जान खोजिएको थियो । तर, प्रहरीले ब्यानर देखाउन र कार्यक्रम गर्न नपाइने भन्दै लखेटेको उनको भनाइ छ ।

त्यसक्रममा ‘केपी ओलीको पक्षमा प्रदर्शन गर्न हुने, राम्रो मान्छेको पक्षमा किन नहुने’ भनेर आफूले प्रहरीलाई प्रश्न गरेको गुप्ता बताउँछन् । तर, यो प्रश्नबाट प्रहरी रिसाएर सबैलाई अन्धाधुन्द लाठीचार्ज र बुट बजार्न थालेको उनले बताए ।

प्रहरीले आफूहरुलाई कुनै कारणसमेत नदिइ अश्लील शब्द बोल्दै कु’टपि’ट गरेको उनले बताए । कुटाइबाट उनको खुट्टामा चोट लागेको छ । ‘हिजो एक्स रे पनि भयो, भित्रचाहिँ समस्या देखिएन’, उनी भन्छन् ।

प्रतिक्रिया दिनुहोस