श्रीमानले श्रीमतीको नाक नै का’टि’दिए, रग’तप’च्छे बनेर लडिरहेका बेला त्यत्तिकै छाडेर हिँडे

पति पत्नीप्रति हरेक कुरामा शं’का गरिरहन्थे। विभिन्न आ’रोप लगाउँदै पि’ट्थे। जर्काले यस्ता हिं’सा नस’हेको दिनै हुँ’दैन’थ्यो। एक दिन पतिले उनको नाक का’टि’दिए र रग’तप’च्छे बनेर लडिरहेका बेला त्यत्तिकै छाडेर हिँडे।उनको घर राजधानी काबुलदेखि २५० किलोमिटर दक्षिण खैरकोट जिल्ला पाकिस्तानको सीमामा पर्छ।

उनले स्थानीय तालिबान नेताहरुसँग उपचारका लागि काबुल जान अनुमति मागिन्। उनीहरुले स्वीकृति दिए। त्यो बेला डा जलमई खान अहमदजई कोरोना भाइरसबाट संघर्ष गर्दै थिए र कोरोनाबाटै उनको पत्नीको ज्यान गएको थियो। पत्नीको अन्ति’म संस्कार गरेर फर्कनेबित्तिकै उनले जर्कालाई भेटे। ‘जब उनी मकहाँ आइन्, अवस्था निकै जटिल थियो, नाकमा नराम्ररी संक्रमण फैलिइसकेको थियो।’

त्यसपछि उनले जर्कालाई एन्टिसेप्टिक र पेनकिलर थिए। जर्काको शरीरमा रगतको कमी थियो, त्यसका लागि मल्टीभिटामिन दिए। ५ हप्तापछि जर्का काबुल फर्किइन् र २१ जुलाईमा उनको अपरेशन भयो। अपरेशन गर्न ३ घण्टा लाग्यो। उनको अपरेशनमा चर्चित कस्मेटिक सर्जन डा जलमई संलग्न थिए, जसले आफन्त तथा परिवारबाटै रुप बिगारिएका दर्जनौं महिलाको उपचार गरिसकेका छन्।

१० हप्तासम्म पीडा सहेपछि जर्कामा आशाको किरण देखियो। अपरेशनपछि जब उनको नाकको पट्टी खोलियो उनी निकै खुसी भइन्। डाक्टरसँग उनले भनिन्, ‘म निकै खुसी छु, मेरो नाक मैले फिर्ता पाएँ।’ जर्काले ऐनामा देखिन्–उनको नाक शल्यक्रियाका क्रममा राखिएका टाँका र सुकिसकेको रगतले भरिएका थिए।

८७ प्रतिशत महिला घरेलु हिंसाको शिकार

अफगानिस्तानमा महिलाविरुद्धका घरेलु हिंसा सामान्यझैं देखिन्छन्। राष्ट्रसंघीय जनसंख्या कोषको एक सर्वेक्षणका अनुसार ८७ प्रतिशत अफगानी महिला शारीरिक, यौन या मनोवैज्ञानिकमध्ये कुनै एक हिंसा सहन बाध्य छन्।
जर्कामाथि पनि यही भएको थियो। पतिले चक्कुले उनको नाक काटिदिएका थिए। १० वर्षअघि बिहे गरेका जर्काको ६ वर्षका छोरा छन्। ‘पतिले जहिले पनि मलाई अनैतिक भन्थे, तर म त्यस्तो होइन,’बिबिसीसँग जर्काले भनिन्। उनका २८ वर्षीय पतिले जहिले पनि पिट्थे। तर यस्तोसम्म गर्लान् भन्ने उनले सोचेकी पनि थिइनन्।

साटफेर विवाह

उनको बिहे निकै कम उमेरमा भएको थियो। उनलाई थाहा छैन, बिहेका लागि उनलाई सोधिएको थियो या थिएन। वर्षौंपछि उनलाई थाहा भयो, उनका काकाले सम्झौताको बिहे गराइदिएका थिए, जसले उनका पतिका एक दिदीसँग बिहे गरेका थिए। भन्छिन्, ‘मेरा काकाले केटी बिहे गरेवापतको मूल्य तिर्न सक्दैनथे, त्यसैले त्यही परिवारमा मेरो बिहे गरिदिए।’

अफगानिस्तानमा दुलाहाका परिवारसँग पैसा लिएर छोरीको बिहे गरिदिने चलन छ। यो काम अवैध भए पनि धेरै अफगानी समाजमा यो परम्पराका रुपमा नै चलिसकेको छ। बिहेपछि जर्काले थाहा पाइन्, उनका पति आफ्ना सबै बहिनीलाई कुटपिट गर्थे। बिहेको एक वर्षपछि नै जर्काका पति अर्र्कै केटीसँग बिहे गर्न चाहन्थे।

तर उनका पति अर्को बिहे गर्न आँटेकी युवतीका परिवारलाई दिने पैसा जुटाउन सकेका थिएनन्। त्यसबाट निराश उनले आफ्नो रिस जर्कामाथि पोख्दै आएका थिए। कुन दिन ज्यानै जान सक्छ भनेर उनी डराउन थालेकी थिइन्।

गत मे महिनामा उनी भागेर बाबुआमाकहाँ पुगिन् र पतिसँग मुक्त गराउन आग्रह गरिन्।माइत जानुअघि उनले पतिलाई सोधेकी थिइनन्। यस्तैमा उनका पति माइतमै पुगे। जर्का भन्छिन्, ‘एक रात म घरबाहिर थिएँ, उनी बिहान मेरो माइती आइपुगेका थिए, उनीसँग एउटा ठूलो चक्कु थियो, उनले मेरो बासँग मलाई घर पठाउन आग्रह गरे, तर बा र काकाका छोराहरुले मेरो सुरक्षाको ग्यारेन्टी नभएसम्म घर पठाउन्नौं भने। अन्त्यमा उनले त्यसो पनि गरे।

तर जब उनी घर फर्किइन्, उनीमाथिको ज्यादति झन् बढ्यो। उनी भन्छिन्, ‘पतिले मलाई फेरि पिटे, चक्कु उज्याउँदै मलाई लखेटे, म एक छिमेकीकहाँ गएर लुके, त्यसदिन न बँचे, तर त्यो स्थायी समाधान थिएन।’ त्यसपछि पतिले उनलाई सम्झाउँदै माइत लगिदिने बताए।

तर त्यो षडयन्त्र थियो। उनले जर्कालाई अर्कै घर पुर्‍याए। त्यहाँ लगेर घिसार्दै बगैंचामा लगे। त्यो बेला उनका पतिसँग राइफल पनि थियो। ‘उनले मलाई समाते, खल्तीबाट चक्कु निकाले र मेरो नाक काटिदिए,’जर्काले त्यो दिन सम्झिइन्। पतिले नसोधी माइत गएकाले नाक काटिदिएको बताए। अनि पति उनलाई रगतपच्छे अवस्थामा छाडेर हिडें।

‘मलाई असह्य पीडा भएको थियो, रगतको धारा बगिरहेको थियो, सास फेर्न सकेको थिइनँ,’ उनले भनिन्। उनको रुवाई सुनेर एक छिमेकीले उनको काटिएको नाकको एक भाग खोजिन्। तत्काल स्थानीय स्वास्थ्य संस्थामा पुर्‍याइयो। तर त्यहाँ काटिएको भाग जोडन् सम्भव भएन।

पछि उनका पिता र आफन्तले उनका पतिसँग बदला लिन चाहेका थिए, तर पतिलाई फेला पार्न सकेनन्। उनका पिता र काकाले उनका लागि सुरक्षा जिम्मा दिइएका व्यक्तिको घरमा फाइरिङ पनि गरे। जर्काको उपचार सुरुमा स्थानीय स्तरमा गर्ने प्रयास भयो। तर सफल भएन। जब उनको रक्तरन्जित अनुहार भाइरल भयो, कस्मेटिक सर्जन डा जलमईले उनको उपचारको जिम्मा लिने बताउँदै काबुल बोलाए। जर्का अब आफ्नो रुप बिस्तारै पहिलेको अवस्थामा आउने आशामा छिन्।

प्रतिक्रिया दिनुहोस