श्रीमानले खर्च र किनमेल कम गर भन्दा श्रीमतीमा महाकाली चढेर जे भयो !

काठमाडौं । खास गरी हिन्दुहरुका मुख्य तीन लगायत विभिन्न चाडपर्वको समयमा श्रीमतीले धेरै खर्च गर्ने गरेको गुनासो बेलाबेलामा आइरहेको हुन्छ । नेपाल, भारत लगायत कम विकसित देशहरुमा यो सोच अहिले पनि जारी रहेको छ । तर सबै देशहरुमा एउटै हुँदैन । नेपालमा पनि अहिले त्यो प्रवृति विस्तारै हट्दै गएको छ । महिलाहरु पनि जागिरेदेखि लिएर व्यवसायी भएर बसेका छन् ।

तर भारतको राजधानी दिल्लीमा, एक पतिले आफ्नो पत्नीलाई खर्च कम गर भनेर गरेको अनुरोध महंगो परेको छ । उनले आफ्नी श्रीमतीलाई कम किनमेल गर्न सल्लाह दिएका थिए । पतिको उक्त कुरा सुनेपछि श्रीमतीले श्रीमानमाथि नै जाईलागेको कुरा बाहिर आएको छ । पतिले घटनास्थलबाट भागेर आफ्नो ज्यान बचाउनु परेको छ ।

कोरोना भाइरस महामारीका बेला जारी लकडाउनका कारण, सबै व्यवसायहरू ठप्प छन् । यस कारणले गर्दा जनताको आम्दानीमा ठूलो गिरावट आएको छ । व्यक्तिहरू उनीहरूको व्यर्थ खर्च पनि बन्द गर्दैछन् । तर दिल्लीको मयूर बिहारमा खर्च घटाउने सल्लाह दिँएका एक पुरुषलाई त्यो कदम महंगो परेको छ ।

श्रीमान्‌ले श्रीमतीलाई अनावश्यक कुराहरुमा खर्च रोक्न सल्लाह दिएका थिए । श्रीमानले दिएको उक्त सल्लाहपछि श्रीमती क्रोधित भइन् र श्रीमानमाथि जाईलाग्न थालिन् । आफूलाई बचाउन पतिले कोठाको चारैतिर दौडेर अन्त्यमा त्यहाँबाट भाग्न खोजेका थिए ।

हल्ला सुने पछि, छिमेकीहरू आएर पति अर्धचेत अवस्थामा फेला परेका थिए । ति महिलाका पतिको खराब अवस्था देखेर छिमेकीहरूले प्रहरीलाई खबर गरे । पछि प्रहरी घटनास्थलमा पुगेर पीडितलाई अस्पतालमा भर्ना गर्यो । लालबहादुर शास्त्री अस्पतालमा उपचारपछि ति व्यक्तिलाई डिस्चार्ज गरिएको छ ।

यस सम्बन्धमा प्रहरीले पतिको बयानमा आरोपी पत्नी विरुद्ध मुद्दा दर्ता गरेको छ । प्रहरीले यस विषयमा अनुसन्धान गरिरहेको छ । महिला आफ्नी श्रीमतीसँग त्रिलोकपुरी क्षेत्रमा बस्छिन् र उनका दुई बच्चा छन् । पतिको एक सामान्य व्यवसाय थियो जुन कोरोना महामारीका कारण पुर्ण रुपमा बन्द भएको छ ।

प्रतिक्रिया दिनुहोस