विना अक्सिजन १० पटक सगरमाथा आरोहण गरेका आङरिता शेर्पाको निधन

विना अक्सिजन १० पटकसम्म सगरमाथाको सफल आरोहण गरेका आङरिता शेर्पाको निधन भएको छ । शेर्पाको आज निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

उनलाई हिउँ चितुवा उपनाम समेत दिइएको थियो ।

सोलुखुम्बुको थामेमा जन्मिएका शेर्पाले सन् १९९२ देखि नै हिमाल चढ्न थालेका थिए।

पहिला दुई वर्ष भने विदेशी आरोहीलाई असहज नहोस् भनेर उनलाई अग्रजहरूले चुचुरोमा जान दिएनन्।

सन् १९९४ मा पहिलो पटक चुचुरोमा पुग्दाको उनको अनुभव बेग्लै छ।

“माथि पुग्दा मलाई ठूलै केही गरेजस्तो लागेन। तर त्यति बेला काम पाउनका लागि कम्तीमा एक पटक सगरमाथा चढेको हुनुपर्थ्यो। मलाई खुसी चाहिँ अब सजिलै काम पाइएला कि भनेर भयो।”

त्यति बेला सगरमाथा चढ्न खोज्न आरोहीहरू अहिलेजस्तो धेरै हुँदैनथे।

प्रतिक्रिया दिनुहोस