“ओलीले नेपाललाई लोडसेडिङ मुक्त बनाउँछु मात्रै भनेनन्, गरेर पनि देखाए”

काठमाडौं, परराष्टमन्त्री प्रदीप ज्ञवालीले नेपाल विद्युत प्राधिकरणबाट चार वर्षे कार्यकाल पूरा गरी विदाई भएका कुलमान घिसिङको भूमिकालाई सरकारले सकारात्मक रुपमा लिएको स्पष्ट पारेका छन् ।

प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेपाल सरकारका प्रवक्तासमेत रहेका मन्त्री ज्ञवालीले यस्तो बताएका हुन्

उनले भने,”तीन वटा कुराको संयोजनबाट नेपाल लोडसेडिङमुक्त भयो । अघिल्लो कार्यकालमा प्रधानमन्त्रीले अब नेपाललाई लोडसेडिङ मुक्त बनाउँछु भनेर गरेको संकल्प, उहाँले घोषणामात्रै गर्नुभएन, भारत भ्रमण गर्दा मुझफ्पुर ढल्केवर अन्तरदेशीय प्रसारण लाईन ओपन गर्नुभयो, जुन लाईन नेपालमा लोडसेडिङ घटाउन त्यसको एउटा निर्णायक रोल रह्यो । र, दोस्रो त्यसपछिका उर्जामन्त्रीहरुले निरन्तर भूमिका खेलिरहनुभयो, मन्त्रालयको नीतिगत योजना, र तेस्रो कुलमानजीको एउटा व्यवस्थापकीय क्षमता, उहाँले चुहावटहरुलाई रोक्नुभयो ।”

उनले थप भने,” यी तीन वटा कुराको संयोजनबाट नेपालमा लोडसेडिङ अन्त्य भएको हो । त्यसमा कुलमानजीको सकारात्मक योगदान छ । त्यसको यथोचित समयमा सरकारले यथोचित ढंगले मूल्यांकन गर्छ ।” मन्त्री ज्ञवालीले कुलमानबारे सम्बन्धित मन्त्रालयले प्रस्ताव ल्याए छलफल गरिने पनि स्पष्ट पारे । व्यक्तिगत रुपमा प्रधानमन्त्री केपी शर्मा ओलीले कसैसँग आग्रह नराखेको पनि उनले बताए

प्रतिक्रिया दिनुहोस