आज अभिनेत्री निरुता सिंहको जन्मदिन, कति बर्ष लागिन ?

काठमाडौं, एक समयकी निकै लोकप्रिय र नम्बर १ अभिनेत्री निरुता सिंहको आज जन्मदिन हो । उनी २६ सेप्टेम्बर १९७२ मा भारतको दार्जिलिङम जन्मिएकी हुन् । उनी अहिले ४९ बर्षमा प्रवेश गरेकी छन् ।जन्मदिनको अवसरमा निरुतालाई बिहानैदेखि सामाजिक संजालमा शुभकामना दिइरहेका छन् । २०५० सालमा रिलिज भएको दक्षिणा फिल्मबाट निरुताले नेपाली फिल्म नगरीमा डेब्यू गरेकी हुन् । त्यसयता उनले लामो समय नेपाली फिल्मनगरीमा राज नै गरिन् ।उनलाई निर्देशक तुलसी घिमिरेले हिरोइनका रुपमा डेब्यू गराएका थिए ।

उनलाई हिरोइन बनाउँन पहिलो सिफारिस चाँहि घिमिरेका ससुरा एवं बरिष्ठ संगीतकार रन्जित गजमेरले गरेको बताइन्छ ।दर्जनौ हिट फिल्म दिएकी निरुताले पछिल्लो समय दाल भात तरकारी र क्याप्टेनमा काम गरेर चर्चा पाएकी थिइन् । ४९ बर्षमा लाग्दा पनि उनि अझैसम्म अबिवाहित नै छन् ।

प्रतिक्रिया दिनुहोस