सुपरमार्केटमा बिल तिर्न नसकी रुन लागेकी महिलालाई क्याशियरले सुटुक्क भने ३ शब्द

टेक्सास। अमेरिकाको टेक्सासस्थित वालमार्ट शपिङ सेन्टरमा एक महिला शपिङ गर्न पुगिन् । शपिङ सकेपछि ममहिला छोरीसँग पैसा तिर्न लाइनमा लागिन् । महिलाले घरमा चाहिने खाद्यान्न र अन्य जरुरी सामान किनेकी थिइन् । जब सबै सामानको मूल्य सूची बनाएर बिल निस्किन्छ महिलाको सातो जान्छ । महिलाले पर्समा हेर्दा उनीसँग त्यति पैसा थिएन । यो देखेर महिला आत्तिन्छिन् । उनी रुन लागेकी थिइन्, अगाडि उभिएका क्याशियरले उनको स्थिति बुझे ।

क्याशियरले महिलाको स्थिति बुझेपछि विस्तारै उनको हात समातेर उनलाई छेउ लगाउँछन् ताकि उनीभन्दा पछाडि लाइनमा रहेका ग्राहकले बिल तिर्न सकुन् । त्यसपछि क्याशियरले महिलाको कानमा ३ शब्द भन्छन् जो सुनेर महिलाको आँखामा आँसु आउँछन् । वास्तवमा ती क्याशियरले बुझिसकेका थिए कि महिलाको आर्थिक स्थिति ठिक छैन । उनको ट्रलीमा खाद्यान्न थियो र अन्य कुरा पनि खानपिनकै थिए । तर, जब उनले देखे कि महिला बिल देखेर असहज भइन्, उनले महिलाको मद्दत गर्ने उद्देश्यले उनलाई लाइनबाट छेउ लगाए र भने ‘मैले कुरा बुझिसकें ।’

उनले महिलालाई छेउ लगाएपछि अगाडि भने ‘म्याडम अझै एक छिन पर्खन सक्नुहुन्छ भने पूरै बिल म तिरिदिन्छु ।’ क्याशियर चाहँदैनथे कि ती महिलालाई आफ्नो आथिएक स्थितिका कारण आफूभन्दा पछाडि लाइनमा उभिएका ग्राहकको अगाडि लज्जित हुनु परोस् । तर, एक व्यक्तिले भने यो सबै घटनाक्रम देखे । ती व्यक्तिले चुपचाप सबै घटनाक्रम हेरे र पछि सामाजिक संजालमा ती क्याशियरको सहयोगी भावनाको कहानी शेयर गरिदिए । ती व्यक्तिले सामाजिक संजालमा यो घटना शेयर गर्दै लेखेका छन् ‘महिलाले विस्तारै क्याशियरसँग भनिन् कि यो सबै सामान किन्न म सक्षम छैन त्यसैले केही सामान म यहीँ फिर्ता राखिदिन्छु । यो सुनेर क्याशियरले भने केही बेर पर्खनुहोस् । तपाइँको पछाडि उभिएका मानिसहरुको बिल लिएपछि म तपाइँको बिल तिरिदिन्छु ।’

अमेरिकी संचारमाध्यममा आएका समाचारमा उल्लेख भएअनुसार ती क्याशियर १९ वर्षका जेआर लोपेज हुन् । लोपेज आफैं पनि निकै आर्थिक अभावमा गुजारा गरिरहेका व्यक्ति हुन् । उनी कलेजमा पढ्दैछन् र कलेजको फी तिर्नको लागि उनी कलेजपछिको समयमा सुपरमार्केटमा काम गर्छन् । यसका बावजुद उनले आफ्नो थोरै पारिश्रमिकबाट पनि महिलालाई सहयोग गरेका थिए ।
सामाजिक संजालमा उनको कहानी भाइरल भएपछि अमेरिकी मिडिया लोपेजको घरमै पुगेका थिए । अमेरिकी मिडियालाई प्रतिक्रिया दिँदै लोपेजले यो सहयोगी भावना आफूलाई भित्रैबाट आएको बताए । लोपेजले भने ‘ती महिला रुन लागेकी थिइन् । मैले बुझिसकेको थिएँ कि उनी समस्यामा थिइन् । मलाई भित्रबाट यस्तो लाग्यो कि ईश्वरले मलाई उनको मद्दत गर्न आदेश दिएका छन् । मैले त्यही गरें ।’ लोपेजले यसअघि पनि यसरी कैयौं पटक समस्यामा परेका व्यक्तिलाई सहयोग गरिसकेका छन् । उनी भन्छन् ‘कसैको खुसीको कारण बन्न सकें भने मेरो जीवनको उद्देश्य पूरा हुनेछ ।’

प्रतिक्रिया दिनुहोस