फेला पर्यो जे माग्यो तेहि पूरा हुने मन्दिर ! यसरी निस्किन्छ अनौठो नाग देवता [भिडियो सहित]

दोलखा जिल्लामा अवस्थित पर्यटकीय केन्द्र जिरीले आफ्ना छुट्टै बिशेषता बोकेको छ । राजधानी काठमाडौंबाट १ सय ८८ किलोमिटर दुरीमा रहेको जिरी अरनिको राजमार्गको खाडीचौरबाट १ सय १० किलोमिटर टाढा पर्छ । तामाकोशीको गडगहाडट, चारैतिर हरीयाली, डाँडाबाट झररिहेका सुन्दर झरना तथा ग्रामीण परिवेशले मनमा नयाँ उमङ्ग जगाउँछ।

पर्यटकहरू सगरमाथा जान यतैबाट जानपर्ने भएकोले नेपालको स्विजरल्याण्डको उपाधि पाएको जिरी, सगरमाथाको प्रवेशद्वार पनि भनिन्छ । यहाँका रैथाने वासिन्दालाई जिरेल भनिन्छ । मनमोहक प्रकृति तथा असल स्वभावका स्थानीय जिरेल एवं शेर्पा जातिका मानिसहरूले पर्यटकलाई आकर्षित तुल्याएका छन्।

स्विट्जरल्यान्डका विकासविद् स्वर्गीय टोनी हेगनको नजरमा ‘जुरिक’ सहरको जस्तै भौगोलिक बनावट र हावापानी भएको जिरी वास्तवमा ‘जुरिक’ नै हो । साथै मिनी स्विट्जरल्यान्डको उपमा पाएको जिरीको प्राकृतिक सुन्दरतामा रमाउने पर्यटकहरूको संख्या निरन्तर बढिरहेको छ ।

जिरीमा अवस्थित जिरेश्वरी महादेवको मन्दिरको आफ्नै बिशेषता रहेको छ । हरेक नागपन्चमीमा उक्त मन्दिरमा मेला लाग्ने गर्छ । मेला हेर्नकै लागि जिरी नगरपालिका आसपासबाट थुप्रै भक्तजनहरु आउने गरेका छन्। जिरीमा अवस्थित जिरेश्वरी महादेवको मन्दिरमा रहेको कुण्डमा ठुला नागको आकृति देखिने पनि गरेको स्थानीयको भनाई छ । त्यस्ता आकृति देख्नको लागि भक्तजनमा पबित्रता हुनुपर्ने र जे माग्यो त्यहि पुरा हुने पनि बिश्वास रही आएको छ ।

यस मन्दिरको बारेमा थप जानकारी भिडियोमा हेर्नुहोला :

प्रतिक्रिया दिनुहोस