जति कोसिस गर्दा पनि किन बच्चा बस्दैन ?

काठमाडौँ / दम्पतिले चाहाँदा चाहाँदै पनि लामो समय सम्म बच्चा नहुने समस्यालाई बाझोपनाको संज्ञा दिईन्छ । हाम्रो समाजले विवाहको लामो समय सम्म पनि बच्चा जन्मिएन भने महिलालाई बाझी जस्ता अनेक लान्छना लागाउँने गर्दछन् । समाजले बच्चा नहुनुमा जहिले पनि महिलाकै समस्याको रुपमा लिन्छ । हाम्रो समाजले श्रीमान र श्रीमती कसको कमजोरीका कारण बच्चा नभएको यर्थात कुरा कहिले जान्न खोज्दैनन् ।

कतिपय परिवारले बच्चा नजन्मेकै कारण महिलालाई डिभोर्स दिने वा दोस्रो विवाह गरिदिएको घटनाहरु हामिले देख्दै आइरहेका छौं । बच्चा नजन्मनुमा प्रायः महिला नै दोष मानिन्छ तर यो नितान्त गलत कुरा हो । मेडिकल विज्ञानले पनि यो कुरा सावित गरिसकेको छ कि महिला गर्भवति नहुनुमा उसको पार्टनरको पनि उत्तिकै हात हुने गर्दछ ।

यस्ता छन् महिलामा देखिने बाझोपनाका कारण

बाझोपना महिला र पुरुष दुबैमा हुने समस्या हो । त्यसैले अस्पताल आउँदा श्रीमान श्रीमती नै आउनुपर्ने ब्लु क्रस अस्पतालमा कार्यरत स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा। रंगिना लाइकङ्गबमले बताइन् । उनका अनुसार बाझोपना महिलामा मात्र हुन्छ भन्ने हुदैँन । पुरुषमा पनि थुप्रै कारणले बाझोपना भएको हुनसक्छ । त्यसैले श्रीमान श्रीमतीकोे नै परिक्षण गराउनुपर्छ ।

महिलामा बाझोपना हुनुका कारणहरु पाठेघरको छेउको गर्भ नलि बन्द भएर । डिम्बाशयबाट अण्डा ननिस्कदाँ । पाठेघर भित्र मासुको डल्लो ‘ट्युमर’ पलाएमा । थाहा नभएको कारण । सबै उपचार गरिसके पनि गर्भ नबसेको ।

उपचार बाझोपना कुन कारणले भएको हो त्यहि अनुसार उपचार गर्नुपर्ने हुन्छ । गर्भ नलि बन्द भएको छ भने सुरुमा नली खुलाउने प्रयास गर्नुपर्छ । नलि सत प्रतिशतको नखुल्ला तर प्राय महिलाको खुल्ने गर्छ । नलि बन्द छ भने ट्युबल क्यान्युलेसनको Tubal Cannulation नयाँ तरिका आइसकेको छ । जसमा दुरबिनको सहयोगले नलि खुलाउने प्रयास गरिने उनले बताइन् ।

उनी भन्छिन् त्यस्तै अलिकति पुरानो तरिका Hydrotubation हुन्छ । त्यसमा भजाइनाको माध्यमबाट पानीको फोर्सले नलि खुलाउने कोसिस गरिन्छ । यो तरिका त्यति प्रवावकारी मानिदैन् । विभिन्न अध्ययनहरुले पनि ट्युबल क्यान्युलेसनबाट गरिने उपाय राम्रो भएको बताउँछन् । साथै यसको सफल भएको दर पनि धेरै छ । त्यसैले नलि बन्द छ भने टेष्टट्युब बेबिको लागी हतारिनु पर्दैन । पहिला नलि खुलाउनु पर्छ । नलि खुलेको छ भने नर्मल तरिकाले गर्भधारण गराउँन सकिन्छ ।

डिम्बाशयबाट अण्डा निस्केको छैन भने बच्चा हुनका लागी डिम्बाशयबाट अण्डा निस्कनु पर्छ । केहि कारण जस्तै हर्मोनको समस्या पोलिस्टिक ओभरियन डिजिज ‘पिसिओडि’ ले गर्दा डिम्बाशयबाट अण्डा निस्केको छैन भने अण्डा निकाल्नको लागी विभिन्न औषधि वा इन्जेक्सन दिनुपर्ने उनले बताइन् । त्यसपछि अण्डाको साइज कत्रो छ र कहिले फटिलाइर्ज हुन्छ र कहिले शा’रीरिक स’म्बन्ध राख्ने दम्पतिले समय तोक्नुपर्छ । यी विधि अपनाउँदा गर्भ रहने सम्भावना बढि रहने उनले बताइन ।

पाठेघर भित्र मासुको डल्लो ‘ट्युमर’ पलाएमा सामान्य रुपमा गर्भधारण गर्न मिल्ने अवस्थासम्म त्यहि बाटो अपनाउनुपर्छ । तर पाठेघर भित्र मासुको डल्लोले भुण्र बस्ने ठाउँलाई दबाएको छ वा ट्युमर एकदम ठुलो छ भने दुरबिनको माध्यमबाट त्यो ट्युमरलाई निकालेपछि ६ महिनादेखि ८ महिना पछाडि नर्मल गर्भधारण गर्न सकिने डा। रंगिनाले बताइन् । उनि भन्छिन् ‘यस क्षेत्रमा काम गर्दा पाठेघर भित्र भएको ट्युमर फालेपछि महिलाहरु आमा बनेका उदाहरणहरु धेरै छन् । ‘

उनका अनुसार थाहा नभएका कारणहरुमा विभिन्न पुस्तक र अनुसन्धानका अनुसार परिक्षण गरिसक्दा पनि गर्भ नरहेमा केहि समस्या उत्पन्न हुन्छ । तर यस्तो केशमा सुरुवातामा ओभुलुसन इन्डक्सन, औषधि र सुइबाट नै कोसिस गर्ने हो । यो प्रक्रृयामा ३ देखि ४ पटक गरेर पनि केहि भएन भने आई।ओ।आई गर्नुपर्छ । आई।ओ।आई पनि ३ देखि ६ पटक भन्दा बढि गर्नुहुदैँन । यदि यो प्रक्रृयाबाट पनि गर्भधारण भएन भने आइ।भि। एफमा जानुपर्ने हुन्छ । महिला स्वास्थ्य डटकम बाट ।

प्रतिक्रिया दिनुहोस