धनि बन्न चाहनुहुन्छ भने यी तिन सरल उपाए अपनाउनुहोस अबस्य सफल भईन्छ

संसारमा हरेक मान्छेको एउटै चासो हुन्छ, पैसा कसरी कमाउने। सुख सयल कसरी प्राप्त गर्ने। धेरैले वैध तरिकाबाटै धेरै भन्दा धेरै पैसा कमाउने सोच राख्छन् । कोही सफल हुन्छन् भने कोही असफल हुन्छन् । केहीले भने अ’वैध तरिकाले पैसा कमाउन चाहन्छन् । संसारमा अ’वैध तरिकाले पैसा कमाउने कामले भने सुख होइन, त’नाव मात्रै दिने गरेको छ । किनभने उ एकदिन फस्छ, फस्छ । संसारभरमा नै पैसा कमाउन नचाहने मानिस कमै होलान् ।

पैसा कमाउनका लागि कोशिसि पनि आवश्यक पर्दछ । त्यसका लागि सबैभन्दा पहिले आनो क्ष’मता बढाउनु जरुरी हुन्छ । क्ष’मताको प्रयोग गरेर रोजगारी या कारोवार गर्नु उत्तम हुन जान्छ । त्यसबाट बचत तथा लगानीका लागि थप अवसर समेत खोज्न सकिन्छ । वित्तीय क्षेत्रका जानकाहरु भन्छन् पैसा कमाउनका लागि सपना मात्रै देखेर पनि हुँदैन । त्यसका लागि सही र सहज प्रयास समेत गर्नु जरुरी हुन्छ ।

सपना देख्नुस् सपना देख्नेले मात्रै समाजमा ठूलो प्रतिष्ठा, मान प्रतिष्ठा र पैसा समेत कमाउन सक्छ । सपना नदेख्ने र महत्वाकाक्षा नराख्नेले समाजमा कुनै पनि प्रकारको प्रगति गर्न स्क्दैन । सपना र महत्वाकाक्षाले मात्रै तपाईको दायरलाई फराकिलो बनाउन सहयोग पुग्छ । यदि तपाई केही ठूलो काम गर्ने र सपना देख्नुहुन्छ तब तपाईलाई त्यसले केही न केही थप मार्ग प्रशस्त गरिदिन्छ ।

सपना देख्नले नै त्यसलाई पूरा गराउन हरसम्भव प्रयास गर्दछ । आफूलाई सफल बनाउन प्रयत्न गर्न स्क्छ । तपाईको त्यस्तो सपनाको कसरी पूरा गर्न सकिन्छ । त्यसका लागि तपाईलाई उपयुक्त लाग्ने योग्य व्यक्तिको समेत सहयोग लिन सक्नुहुन्छ ।

आफ्नो क्षमताको पहिचान

जानकारहरु भन्छन्, तपाईको क्ष’मता, योग्यता के हो त्यो पहिचान गर्नुस् । त्यसले तपाईलाई सफल हुन मद्दत मात्रै गर्दैन, मार्गनिर्देशन समेत गर्दछ । तपाई आनै बारेमा यो जान्न जरुरी छ कि तपाई सबैभन्दा सहज र सपजलो तरिकाले के कमा गर्न सक्नुहुन्छ । तपाईले मनदेखि नै गरेको काम तथा क्ष’मताको पहिचानले मात्रै तपाईले खोजेको सफलता हासिल गर्न सक्नुहुन्छ । यसलाई ध्यानमा राख्नुस कि जीवनमा सफलता हासिल गर्न वा पैसा कमाउनका लागि मतिस्कलाई सही दिशामा लगाउन जरुरी हुन्छ ।

कडा मेहनतको विकल्प छैन पैसा कमाउने विषय सजिलो र सहज छैन । त्यसका लागि कडा मेहनत र डेडिकेशनको जरुरी पर्दछ । असाध्यै तल्लो तलबाट माथि उठेका संसारका ठूला मान्छेहरुले जीवनमा गरेको संघर्षका कथा पढ्नुस । दुःखबाट सफलता हासिल गरेर व्यक्तिको कथा र जीवन संघर्षले तपाईलाई प्ररित गर्दछ । तपाईको क्षमता बढाउन र मेहनत गर्नका लागि त्यसले तपाईलाई प्रेरित गर्दछ ।

वारने बफेट हुन वा अमेजनका मालिक वा रिलायन्स इन्डस्ट्रिजका मालिक मुकेश आम्बानीले सपना देखेका कारण नै सफलता हासिल गरेका हुन् । कुशलतापूर्वक सफलता हासिल गर्न सकिन्छ । सफलता हासिल गर्नका लागि तपाई सधै तत्पर समेत हुनुपर्दछ । तपाईको सपना पूरा गर्न कडा मेहनत गरेपछि त्यसले मात्रै स्वर्णिम भविस्यको उज्यालो स्म्भावना तय गर्न सक्छ । एजेन्सीको सहयोगमा हाम्रो संदेश डटकम बाट।

सेल्फ क्वारेन्टाइनमा बस्दा पालना गर्नुपर्ने १५ नियम

१. म पर्याप्त भेन्टिलेसन भएको कोठामा एक्लै बस्नेछु र यो सम्भव नभएमा छुट्टै ओछ्यानमा सुतिरहेको अर्को व्यक्तिसँग कम्तिमा १ मिटर दूरी राख्नेछु ।

२. म छट्टै वाथरूम र शौचालयको प्रयोग गर्नेछु र यदि यो सम्भव नभएमा प्रयोग गरेपछि बाथरूम र शौचालय आफै सफा गर्नेछु ।

३. म आफू बस्ने कोठा आफै सफा गर्नेछु ।

४. म घरभित्र साझा रूपमा प्रयोग हुने ठाउँहरू जस्तै भान्सा, शौचालयमा मेरो आवातजावतलाई सीमित गर्नेछु । यी साझा ठाउँहरूमा पर्याप्त भेन्टिलेसन भएको वा झ्याल खुला रहने सुनिश्चित गर्नेछु ।

५. म स्वास्थ्य संस्था जान बाहेक अन्य कामको लागि घर बाहिर जाँदिन । म काममा, विद्यालयमा वा सार्वजनिक क्षेत्रहरूमा जाँदिन र सार्वजनिक यातायातको प्रयोग गर्दिन ।

६. म नियमित रूपमा आफ्नो हात साबुन र पानीले मिची मिची २) सेकेन्डसम्म धुनेछु वा हात सफा राख्न अल्कोहलयुक्त हेन्ड सेनिटाइजर प्रयोग गर्नेछु । म हात नधोइ मेरा आँखा, नाक र मुख छुनबाट जोगिनेछु ।

७ मैले प्रयोग गर्ने गिलास,कप, खाना खान प्रयोग हुने भाडा, तौलीया रुमाल,ओछ्यान वा अन्य सामानहरू घरका अन्य व्यक्तिहरूसँग साझा प्रयोग गर्दिन । प्रयोग गरेपछि यी सामानहरू म साबुन र पानीले सफासँग धुनेछु ।

८. म अन्य व्यक्तिहरूसंग प्रत्यक्ष सम्पर्क गर्ने छैन ।

९. यदि अन्य व्यक्तिहरूसंगको सम्पर्कमा आउनु पर्दा म कम्तिमा १ मिटर (३ फिट) को दुरी राख्नेछु र म अर्को व्यक्तिसँग एउटै कोठामा हुँदा र स्वास्थ्य संस्था जाँदा मास्क लगाउनेछु ।

१०. खोक्दा वा हाच्छिउँ गर्दा म मेरो मुख र नाकलाई टिस्यु, रुमाल र कुहिनाले छोप्नेछु ।

११. म आफ्नो कोठाबाट प्रयोग गरिएको टिस्यु, रूमाल, मास्क र अन्य चीजहरू छुट्टै फोहोर फाल्ने ठाउँमा फाल्नेछु र फालेपछि तुरून्तै कम्तिमा २० सेकेन्डसम्मका लागि आफ्नो हात साबुन र पानीले मिची मिची धुनेछु । रूमाल वा पुन प्रयोग गर्ने कपडा साबुन र पानीले सफासँग धुनेछु र यसलाई घाममा राम्ररी सुकाएपछि मात्र प्रयोग गर्नेछु ।

१२. म स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट प्राप्त निर्देशनहरूको पालना गर्नेछु र आवश्यक सहयोगको लागि सधैं तयार रहनेछु ।

१३. म क्वारेन्टाइनमा रहँदा आफ्नो शरीरको तापक्रम दैनिक एक पटक जाँच्नेछु र दिइएको फाराममा रेकर्ड गर्नेछु । मलाई दिईएको निर्देशन अनुसार १४ दिनसम्म मेरो दैनिक स्वास्थ्य स्थिति बारे तोकिएको स्वास्थ्य निकायमा जानकारी दिनेछु ।

१४. कुनै पनि स्वास्थ्य समस्या देखिएको खण्डमा वा क्वारेन्टाइनमा बस्दा अन्य केही समस्याहरू भएमा तोकिएको स्वास्थ्य निकायवाट प्राप्त निर्देशनहरू अनुरूप गर्नेछु ।

१५. म स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसंगको पूर्व अनुमति बिना क्वारेन्टाइन स्थान भन्दा बाहिर यात्रा गर्ने छैन । आवश्यक भएमा यहाँ सम्पर्क गर्न सक्नु हुनेछ ।

प्रतिक्रिया दिनुहोस