दिल खोलेर हाँस्नुहोस यस्ता छन फाइदै फाइदा

सोले मानिसलाई शारीरिक तथा मानसिक रुपमा स्वस्थ बनाउँछ । यसले मानसिक तनाव हटाउन मद्दत गर्नुका साथै रोग प्रतिरोधी क्षमतामा पनि वृद्धि गर्छ ।दैनिक ४५ मिनेटसम्म हाँस्नाले मानिसमा भएको तनाव कम हुन्छ । साथै अप्ठेरा परीस्थितीसंग जुध्ने क्षमतामा वृद्धि गर्दछ ।हाँसोले मानिसको ब्यक्तित्व समेत झल्कन्छ । हाँसोले मानिसलाई शारीरिक तथा मानसिक रुपमा स्वस्थ बनाउँछ । यस्ता छन् हाँस्दा ७ फाइदा :

१. शरीरलाई आरामहाँस्दा शारीरिक र मानसिक तनाव हटाउन मद्दत गर्नुका साथै यसले मांसपेशीलाई आराम दिलाउँछ । यसले शरीरलाई पुर्ण आराम गर्दछ ।

२. प्रतिरोधी क्षमतामा वृद्धिअधिक तनाव हुँदा शरीरमा रोग प्रतिरोधी क्षमता पनि कमजोर हुन्छ । तर हाँस्दा तनाव कम हुनुका साथै हर्मोनलाई घटाई प्रतिरोधी कोष र संक्रमणबिरुद्ध लड्ने एन्टीबडी वृद्धि हुन्छ ३. तनाव भुलाउन सहयोगीहाँस्ने मानिसहरुमा इन्डोर्फिन नामक रसायन वृद्धि हुनुका साथ तनाव र अनावश्यक चिन्ता कम हुन्छ ।यसले मानिसलाई धेरै हदसम्म पीडा भुलाउन सहयोग गर्दछ ।

४. मुटुको रक्षकहाँस्दा रक्तनलीमा सुधार भई रक्त सञ्चारमा वृद्धि हुन्छ । यस्तो अवस्थामा हृदयाघात हुने र मुटु रोग लाग्ने सम्भावना समेत कम हुन्छ ।५. वजन घट्दछदैनिक ४५ मिनेट हाँस्नाले निकै धेरै मात्रामा क्यालोरी कम हुन्छ । १० मिनेट मात्र हाँसेमा पनि ४० क्यालोरीसम्म घटाउन सकिन्छ ।६. प्रसन्न बनाउँछहाँस्दा मष्तिष्कका कोशिकाबाट निस्कने इण्डोर्फिन नामक रसायनले मानिसलाई प्रसन्न पार्दछ ।

हाँस्ने बानीको बिकास गर्न सकेमा हर प्रकारका अप्ठ्यारासंग जुध्ने क्षमतामा वृद्धि हुन्छ ।

७. आयु बढाउँछनहाँस्ने भन्दा हाँस्ने मानिसको आयु बढि हुन्छ । जो मानिसमा हाँसोको भावना हुन्छ, ऊ धेरै बाँचेको बिभिन्न अध्ययनहरुले पुष्टि समेत गरेको छ।मज्जाले हाँस्नुका १० फाइदाहँसमुख रहनु अर्थात् हाँस्नु सरीरका लागि फाइदाजनक हुने कुरा हामीले सुनकै वा महसुस गरेकै कुरा हो । वैज्ञानिकहरुका अनुसार हाँस्नु सरीरको स्वास्थ्यका लागि सबैभन्दा उत्तम औषधि तथा व्यायाम हो । चिकित्सकहरुले विरामी मानिसहरुलाई समेत हाँस्न सल्लाह दिन्छन् । हाँसोले जिउको दुखाई समेत कम हुन्छ । हाँस्ने भन्ने बित्तिकै ठूलो आवाज निकालेर अट्टहास गर्नैपर्ने होइन, मुस्कुराहट वा मन्द हाँसो समेत पर्याप्त हुन्छ । विज्ञहरुका अनुसार हाँस्नुका फाइदा यस्ता छन्-

१. अध्ययन अनुसार मुस्कुराहटले मानिसको मुटुको चाल वा धड्कनलाई सन्तुलित बनाउन मद्दत गर्छ । हाँसिरहने मानिसको आयु खासै हँसमुख नहुनेको भन्दा ६ वर्ष बढ्ने बताइएको छ २. तनावलाई कम गर्नमा मुस्कुराउने वा हाँस्ने कामले उर्जावर्धक चिजको काम गर्छ । मुस्कुराउँदा सरीरमा एन्डोफिर्न हर्मोन उत्सर्जन हुन्छ जसले तनाव कम गर्नुका साथै मूडलाई समेत रिल्याक्स बनाउँछ ।

३. दुखाइ कम गर्नका लागि समेत हास्नु मुस्कुराउनु निकै लाभदायक हुन्छ । हाँसोले सरीरमा खुसीको अनुभुति गराउने हर्मोन बढाउँछ जसका कारण सकारात्मक सोँच बढ्नुका साथै दुखाइ पनि कम हुन्छ ।४. हाँसो तथा मुस्कानले सरीरमा रोगप्रतिरोधी क्षमता समेत बढाउँछ । यसले व्यक्तिको मनोवैज्ञानिक उर्जालाई समेत प्रवर्द्धन गर्दछ । रोगप्रतिरोधी प्रणालीलाई सक्रिय बनाउनका लागि सरीरमा टी कोषहरु हुन्छन् । हाँसेको बेला सरीरका टी कोषहरु सक्रिय हुन्छन् । त्यसैले हाँस्ने कामले जिउको रोगप्रतिरोधी क्षमता बढाउँछ ।

५. कम रक्तचाप भएका मानिसहरुका लागि समेत हाँसो तथा मुस्कान आवश्यक हुन्छ । हाँसोले रक्तचाप सन्तुलनमा सहयोग पूराउनुका साथै हृदयाघातको जोखिम समेत घटाउँछ ६. हाँसो केवल मुटु तथा मस्तिष्कका लागि मात्र होइन मांसपेशीका लागि समेत फाइदाजनक हुन्छ । जब तपाइँ हास्नुहुन्छ पेटको मांशपेशीहरु फैलिन्छन् र एकअर्काको बढि सम्पर्कमा आउँछन्, व्यायामका बेलामा जस्तै । तसर्थ मांशपेशीको तन्दुरुस्तीका लागि समेत व्यायामसँगै हाँस्ने थेरापी उपयोग गर्नु निकै लाभदायक हुन्छ ।

७. हाँसोले मानिसको सरीरमा सकारात्मक उर्जाको विकाश गर्ने तथा विभिन्न समस्या सँग जुध्ने वा समस्याको समाधान गर्ने विवेक प्रदान गर्न समेत सहयोग गर्दछ ८. जिवनमा उत्साह तथा जोश भर्न, तनाव तथा डरबाट मुक्ति, मूडलाई ठीक राख्न र जिउमा लचिलोपन ल्याउनका लागि समेत उन्मुक्त हाँसो आवश्यक हुन्छ ९. हाँसोका सामाजिक लाभ पनि हुन्छन् । यसले आपसी सम्बन्ध मजबुत बनाउन सहयोग पूराउँछ । हँसिलो मानिस अरुलाई आफुतर्फ आकषिर्त गर्न सफल हुन्छ ।

१०. हाँसो तथा मुस्कानले मानिसलाई नेतृत्व तथा समुहकार्यका लागि समेत सफल बनाउँछ । हँसिलो मानिसमा टिमवर्क तथा नेतृत्वदायी क्षमता बढि हुन्छ । त्यस्तै अरु मानिसलाई आफ्नो सम्बन्धमा टिकाउन समेत हँसिलो अनुहारवाला मानिसहरु सफल हुन्छन् ।

प्रतिक्रिया दिनुहोस