श्रीमानले अन्डा किन्न नसक्दा श्रीमती गइन अर्कै पोइला , विचल्लीमा श्रीमान

काठमाडौं । विश्वमा हरेक दिन नयाँ र अनौठा घटनाहरु भइरहेका हुन्छन् । यही विचित्र संसारमा भारत पनि शिर्ष स्थानमा नै आउँने गर्दछ । हालै छिमेकी मुलुक भारतको उत्तरप्रदेशस्थित गोरखपुर जिल्लामा एउटा यस्तै अनौठो घटना बाहिर आएको छ । विवाहित महिलाहरु परपुरुषसँग पोइल जाने घटनाहरु प्रायः सुनिन्छन् । आफ्नो लोग्नेलाई छाडेर अर्को पुरुषसँग पोइल जाने कुरा सामान्य भने पक्कै होईन । पोइल जानुका कुनै खास हुन्छन् ।

तर कहिलेकाहीँ एउटा अण्डासमेत पोइल जानुको कारण बन्दो रहेछ । तपाईले ठिक पढ्दै हुनुहुन्छ, लोग्नेले अण्डा नल्याइदिएको निहुँमा एकजना महिला पोइल गएकी छिन् । गोरखपुरको क्याम्पियरगञ्ज गाउँमा बस्ने ती महिला ४ महिना पहिले पनि प्रेमीसँग भागेर केही दिनपछि घर फर्किएको बताइन्छ । तर यो पटक चाहीँ अण्डाको निहुँमा उनले लोग्नेलाई छाडेर प्रेमीसँग पोइल गइन् भन्ने समाचार भारतीय सञ्चारमाध्यमहरुमा भाइरल भएको छ । चार महिनाअघि आफू भागेको त्यो घटनाका बारेमा पुलिससँग बयान दिने क्रममा ती महिलाले अण्डा खान नपाएकै कारण आफू लोग्नेसँग बेखुस भएको बताएकी थिइन् ।

उनका अनुसार लोग्नेचाहिँले उनलाई अण्डा खान नदिएका कारण उनलाई निकै नराम्रो लागेको थियो । गत शनिवार पनि अण्डाकै विषयमा उनको लोग्नेसँग झगडा पर्यो र घरबाट निस्किन् । उनका प्रेमी पनि आफ्नो घरमा नभएका कारण उनी प्रेमीसँगै पोइल गएको अनुमान गरिएको छ । विचरा ती महिलाका पतिले दैनिक मजदूरी गरेर परिवार पाल्दै आएका थिए । त्यसैले परिवारका लागि दिनहुँ अण्डा किनेर ल्याउन नसकेको उनले बताए । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस