यी ३ जनाले गरेको यस्तो अ’पराधबारे थाहाँ पाउँदा प्रहरी समेत चकित

काठमाडौं । विश्वमा हरेक दिन नयाँ र अनौठा कामहरु भइरहेका हुन्छन् । हामीले चोरीका धेरै घटनाहरु देखेका छौं । चोर्दा धन, सम्पती दगायत कुराहरु चोरी गर्ने गरिन्छ । तर सप्तरीमा जे चोरीयो त्यो अलिक फरक छ । यहाँको रुपनी गाउँपालिका १ रामपुर निवासी विशेश्वर यादवको गोठबाट भैँसी चोरी भयो ।

यस आरोपमा जिल्ला प्रहरी कार्यालय सप्तरीले सार्वजनिक गरेको छ । भैँसी चोरी गर्दै गरेको अवस्थामा सप्तरीको बोदेबर्साइन नगरपालिका– ५ का २६ वर्षीय मो रफिल मियाँलाई नियन्त्रणमा लिइएको छ ।

उनलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा प्रहरीलाई अन्य साथीसमेत चोरीमा संलग्न रहेको भनी बयान दिएका आधारमा थप दुईलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताउनुभयो ।

सो क्रममा खोजतलास गर्दै जाँदा ज१च १२०१ नंको पिकअपसहित भैँसी लोड गर्न रुपनीचोकमा बसिराखेको अवस्थामा सिरहा महेशपुर पतारी गाउँपालिका–४ का ३५ वर्षीय नसरुल मियाँ र धनुषा गणेशमान चारनाथ नगरपालिकाका २८ वर्षीय नारायण बुढाथोकीलाई पिकअपसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । घटनाबारे आवश्यक थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस