नेपाली युवा प्रज्वल निरौला सहितको टोलीले पत्ता लगायो पृथ्वी जस्तै अर्को ग्रह

काठमाडौं । खगोलशास्त्री एक नेपाली अनुसन्धानकर्ता सम्मिलित समूहले पुथ्वि जस्तै अर्को ग्रह पत्ता लगाएका छन् ।

काठमाडौंका २८ वर्षीय युवा प्रज्वल निरौला सम्मिलित समूहले नयाँ ग्रह पत्ता लगाएका हो ।

अमेरिकाको मासाच्युसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजीमा प्लानेटरी साइन्समा पीएचडी गर्दै गरेका काठमाडौं मैतीदेवीका निरौलाको समूहमा मुख्य भूमिका छ ।

सौर्यमण्डल बाहिरको ग्रहको अध्ययन गर्न निरौलासहित अमेरिका, बेल्जिय, बेलायत, स्विजरल्याण्डलगायत मुलुकका २८ जना अनुसन्धानकर्ताको टोली खटिएको थियो ।

उक्त ग्रहसम्बन्धी अनुसन्धानात्मक आलेख एस्ट्रोनोमिकल जर्नलमा सेप्टेम्बर २१ मा प्रकाशित भएको थियो । यो ग्रहलाई अमेरिकी अन्तरिक्ष श्रेत्र नासाले समेत मान्यता दिएको छ ।

निरौलाले नयाँ ग्रहको खोज र विशेषताहरुको अध्ययन गर्दै आउनुभएको छ । उहाँका अनुसार यो ग्रह स्पेकुलस टेलिस्कोपको मद्दतबाट पत्ता लागेको हो ।

यस ग्रहको नाम `के२-३१५बी` राखिएको छ । के२-३१५बी नामक ताराको वरिपरि घुम्ने भएकाले यसको नाम के२(३१५बी राखिएको निरौलाले बताउनुभयो ।

उहाँको अनुसार यो ग्रह पृथ्विबाट १ सय ८५ प्रकाश वर्ष टाढा छ । यसमा अत्यधिक १८५ डिग्री तापक्रम रहेकाले यसमा जीवनको सम्भावना नरहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस