मान्छे तर्साउने भुतलाई प्रहरीले समात्यो

काठमाडौं । पछिल्लो समय भाइरल हुने नाममा अनेक थरी गर्नेहरुका कमि छैन । यस्तै, युट्युबमा चर्चित हुनका अनौठो हर्कत गर्नेहरु पक्राउ परेका छन् । रातीको समयमा मानिसहरुलाई भुत बनेर तर्साउन खोज्नेहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । भारतको कर्नाटकको राजधानी बेंगलुरुमा यस्तो घटना सार्वजनिक भएको हो । भूत बनेर मानिसहरुलाई तर्साउने युट्युबरलाई पुलिसले पक्राउ गरेको जानकारी दिएको छ ।

उनीहरु सेतो लुगा लगाएर, तर्साउन मेकअप गरेर रात परेपछि बाटो तिर जान्थे । भिडियोमा देखिएअनुसार एक युवक सेतो कपडा र लामो कपाल भएको विग लगाएर राती ट्याम्पो र बाइकमा सवारहरुलाई तर्साइरहेको देखिन्छन् । मानिसहरुको उजुरीपछि पुलिसले सिसिटिभी फुटेजको आधारमा उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ गरिएका सात यु–ट्युबरको परिचय क्रमशः शान मलिक, निवाद, स्यामुअल मोहम्मद, मोहम्मद अख्यूब, शाकिब, सयैद नाबील, युसूफ अहमद रहेको छ ।

यी सातैजनाले कुकी पिडिया नामबाट यू–ट्युब च्यानल चलाउँछन् । यसमा ‘भूत’ को प्र्यांक भिडियो पनि सेयर गरिएका छन् । सोसल मिडियामा कुकी पिडियाका भिडियो निकै रुचाइन्छन् । यो भिडियो यशवंतपुर रोडमा रहेको शरीफनगरमा सुट गरिएको छ । प्रहरीले घटनाबारे आवश्यक थप अनुसन्धान सुरु गरेको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस