पूर्वयुवराज्ञी हिमानी शाहको आज जन्मदिन, ४५ वर्षमा पनि छिन् उस्तै सुन्दर

काठमाडौं । पूर्वयुवराज्ञी हिमानी शाहको आज जन्मदिन परेको छ । आजकै दिन १९७६ मा भारतको राजस्थान सिकरमा जन्मे हुर्केकी हिमानी आजबाट ४५ औं वर्षमा प्रवेश गरेकी छिन् ।

जन्मदिनको अवसरमा हिमानीलाई आज बिहानैदेखि उनका आफन्त, शुभचिन्तक र सामाजिक सञ्जालका प्रयोगकर्ताहरुले शुभकामना दिइरहेका छन् ।

भारतको राजस्थानको सिकरका पूर्व सूर्यबंशी राजकूलका राजा बिक्रम सिंह र रानी बिपुला सिंहकी छोरी हुन् हिमानीको विबाह पारस शाहसँग २५ जनवरी २००० मा भएको थियो ।

नीहरुका एक छोरा हृदयेन्द्र शाह र दुई छोरी पूर्णिका शाह, कृतिका रहेका छन् । पछिल्ला दिनमा ‘हिमानी ट्रस्ट’ नामक सामाजिक संस्थाबाट हिमानीले समाजसेवामा पनि पाइला चालेकी छिन् ।

प्रतिक्रिया दिनुहोस