जीवनमा २ सय भन्दा धेरै पुरुषहरुसँग सम्बन्ध तर विवाह भने कुकुरसँग, यस्तो छ अनौठो कारण ?

काठमाडौं । कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ । पूर्व स्विमसूट मोडेल एलिजाबेथ होडले आफ्नै कुकुरसँग बिहे गरेकी छिन् । उनको कुकुर लोग्नेको उमेर ६ वर्षको छ ।उनको बिहे समारोह विश्वका लाखौँ मानिसले हेर्न पाए ।

किनकि उनको बिहेलाई बेलायतको चर्चित टेलिभिजन शो द मर्निङ्गमा लाइभ प्रशारण गरिएको थियो । मिडिया रिपोर्टहरुका अनुसार एलिजाबेथ आफ्नो जिवनकालमा कैयन् सेलिब्रेटीसँग अफेयरमा रहिन् । उनले २ सय जनाभन्दा धेरै पुरुषसँग डेट गरिसकेकी छिन् । तरपनि उनले मन खाएको भेट्न सकिनन् ।

यतिधेरै सँग सम्बन्ध राख्दा समेत चित्त बुझ्दो नपाएपछि उनले आफ्नै कुकुरसँग बिहे गरेकी हुन् ।रोचक त के भने कुकुरसँग बिहे गर्नुअघि अविवाहित नै रहेकी एलिजाबेथको एकजना ब्वायफ्रेण्डसँगबाट एउटा छोरा पनि छ । उक्त छोराको उमेर नै २५ वर्ष पुगिसकेको छ । अब आफूलाई कुनै पनि पुरुषको आवश्यकता नरहेको भन्दै उनले कुकुरसँग बाँकी जिवन बिताउने बताएकी छिन् । एजेन्सी

प्रतिक्रिया दिनुहोस