३ सय १७ केजीकी मोडलको रेखदेख गर्छन् उनका ब्वाईफ्रेण्ड र बनाउन चाहान्छन् ४ सय ५० केजी

एजेन्सी । १ सय ३३ केजी तौल भएकी मोडल भन्दा तपाईलाई पत्याउन मुस्किल पर्छ होला । तर अमेरिकाको टेक्सासमा बस्दै आएकी २७ बर्षे मोनिकाले सबैलाई चकित पार्दै १ सय ३३ केजी वजन थपेर ४ सय ५० केजी बनाउन चाहेको रहस्य बाहिर ल्याएकी छिन् ।

विश्व्कै मोटी मोडल भएर ‘गिनिजबुक अफ वल्र्ड रेकर्ड’मा नाम लेखाउने उनको चाहना हो । मोटाउनकोलागी भन्दै उनी दैनिक पर्याप्त क्यालोरीयुक्त खाना खाइरहेकी छन् । जसका लागी उनले चिकित्सकको पनि सल्लाह लिएर खानाको मात्रा बढाउँदै लगेकी छन् ।

अन्तराष्ट्रिय संचार संस्थाका अनुसार उनलाई मोटाउनको लागी उनका २५ बर्षे ‘ब्वाईफ्रेन्ड’ले सहयोग गर्दैआइरहेका छन् ।

उनका ब्वाइफ्रेन्ड मोनीकालाई पाइप र सोलीको माध्यमले पोशिला खानेकुरा खुवाउने , रेखदेख गर्ने, एकसाथ बस्ने गर्दै आएका छन् । ब्वाइफ्रेन्डले निरन्तर उनको ९१ इन्चको पेट नफुलुन्जेलसम्म खाना खुवाई नै रहन्छन् ।

प्रतिक्रिया दिनुहोस