एकान्तमा बोलाएकी युवतीले जे गरीन,,

प्रविधिका कारण आधुनिक समाज सजिलो त भयो, यसका असरका अनेक रुप देखिँदै गरेका छन् । संचारले जीवन सहज बनाउन भनी मोबाइल बन्यो । अचेल कतिपय ठाउँमा यसलाई दुरुपयोग गर्दा ठूलो नोक्सान ब्यहोर्नु परेको देखिन्छ ।भारतको राजस्थानस्थित एक गाउँ अनुपगढमा हालैको एक घटना हेर्दा यस्तै देखिन्छ । एक युवकले मोबाइलको दुरुपयोग गर्दा त्यसको नोक्सान उनले ब्यहोर्नुपर्यो । त्यसो त गाउँलेहरु पनि सचेत हुन नसक्दा कतिसम्म क्रुर बन्न सक्ने रहेछन् भन्ने उदाहरण देखिएको छ ।

अघिल्लो हप्ताको घटना हो । यहाँ एक युवकले छिमेकी केटीलाई बारम्बार ‘मिसकल’ गरिरहे । केटीलाई झर्को नै लाग्ने गरी ती युवकले रात दिन मिसकल गरेर दुख दिन्थे ।एक दिन ती युवतीले फोन गरेरै भेट्न बोलाइन् । भोलिपल्ट युवक उनलाई भेट्न पुर्व निर्धारित ठाउँ पुगे । तर युवती त्यहाँ एक्लै आएकी थिइनन् । उनको साथमा गाउँले पूरै थिए । घटना खासै ठूलो नभए पनि गाउँलेले युवतीलाई मिसकल गरेको कुरालाई निकै ठूलो र संवेदनशील बनाए ।

फलस्वरुप ती युवकले अपराध नै गरे झैँ उनलाई रुखमा बाँधियो र गाउँले मिलेर कु-ट्न थाले । पालैपालो गाउँलेले उनलाई लौरोले हिर्का-उन थाले । युवकको त्रुटीलाई ठूलो विषय बनाएर नि-र्घात कु-टपिट गरेको यही भिडियो सामाजिक संजालमा भाइरल बनाइएको छ । भारतीय मिडिया दैनिकभास्करले भिडियाे रिपाेर्ट नै बनाएपछि उक्त भिडियाेले बढी चर्चा पाएकाे हाे । घटनापछि भने युवकले आफू पीडित भएको भन्दै प्रहरीकहाँ युवतीसहित गाउँलेलाई उजुरी नै दिएका छन् ।

यो पनि पढ्नुहोस : किन नवजात शिशुको आँसु आउँदैन

संसारमा जन्म लिएपछि नवजात शिशुले चर्को आवाजमा रुने गर्छ । उक्त आवाज स्वास्थ्य राम्रो भएको संकेत हो । तपाईले राम्ररी हेर्नुभयो भने नवजात शिशुको रुवाई ठूलो शिशुको भन्दा फरक हुने गर्छ । नवजात शिशुको आँखबाट आँसु निस्किने गर्दैन ।

नवजात शिशुको आँखालाई जोगाउन र तिनीहरूलाई ओसिलो राख्न आवश्यक छ । उदासिनता, क्रोध वा खुशी जस्ता चरम भावनाहरूको सामना गर्नुपर्दा हामी रुन्छौं । त्यो अस्थायी तनावले झगडा वा उडान प्रतिक्रिया जनाउने गर्छ । जसले आँखालाई जोगाउन आँसुहरू उत्पन्न हुने गर्छ ।

भावनात्मक आँसुहरूले तनाव गराउने हार्मोनहरू मुक्त गर्न पनि मद्दत गर्दछ जुन कठिन समयमा निर्माण भइरहेको हुन्छ । बच्चाहरुको आँसुको नली पर्याप्त रुपमा खोलिएको नहुँदा आँसु आउने गर्दैन । आँखालाई ढाक्न गर्न र ओसिलो राख्नको लागि पर्याप्त आँसुहरू उत्पादन गर्ने गर्छ । तर थोपाहरू बन्न पर्याप्त समय लाग्ने गर्छ ।

तीन वा चार हप्ता पछि बच्चाको आँसु नलीहरू प्रायजसो परिपक्व हुन्छन् । कडा भावनाहरूको साथ आँसुका थोपाहरू निर्माण हुने गर्छ । नवजात शिशुहरुको ग्रंथि पूर्ण रुपमा स्थापित नभएको कारण आँसु आउँदैन ।

प्रतिक्रिया दिनुहोस