यस्ता तरकारीले दिमागमा किरा उब्जाउँछ : ख्याल नगरे ज्यानपनि लिनसक्छ ज्या*न

काठमाडौ । मानिसको दिमागमा किरा उब्जिन्छ । सुन्दा तपाई चकित बन्नुहोला । तर यो सत्य हो । जसलाई टेपवर्म भनिन्छ । हामी यसको पुष्टि एउटा घटनाबाट पुष्टि गर्छौ । छोरीले हरेक दिन जस्तो टाउको दुख्यो भनेर गुनासो गर्न थालेपछि आमा बुबालाई यसबारेमा बुझ्न धेरै मुस्किल भइरहेको थियो । आखिर किन उनीहरूको छोरी टाउको दुख्यो भन्छिन् भनेर कुनै भेउ नै पाउन सकेनन् । लगभग ६ महिनादेखि यस्तो चल्दै आएपछि उनीहरू छोरीलाई जँचाउन गए । परीक्षणपछि जब यसको कारण थाहा भयो, उनीहरूले विश्वासै गर्न सकेनन् ।

सानी बच्चीको दिमागमा १०० भन्दा धेरै टेपवर्म अर्थात फित्तेकीराको अण्डा थियो जुन मस्तिस्कमा ससाना क्लटका रुपमा देखिएका थिए । अहिले ती बच्चीको उपचार भारतको एक अस्पतालमा न्यूरोलोजी डिपार्टमेन्टका चिकित्सकहरूको रेखदेखमा चलिरहेको छ । चिकित्सकहरूका अनुसार कुनै पनि चीज राम्रोसँग नपकाई खाएमा र सरसफाइमा त्यति ध्यान दिइएन भने टेपवर्म पेटमा पुग्छ । त्यसपछि रक्त प्रवाहसँगै टेपवर्म शरीरको अलगअलग भागमा जान्छ ।

के हो टेपवर्म ?

गाँउघरमा फितेकिरा भनिने टेपवर्म एक परजिवी हो । यो आफ्नो पोषणको लागि अरुमा आश्रति हुने जीव हो । मानिसको शरीरमा पसेपछि खाना नियमित पाउने हुनाले यो धेरैसमयसम्म बाँच्न सक्छ । यसको ५ हजारभन्दा धेरै प्रजाति पाइन्छन् । यो एक मिलिमिटरदेखि १५ मिटरसम्म लामो हुनसक्छ । कुनैबेला यसको एक मात्रै आश्रय हुन्छ भने कुनै बेला एकभन्दा धेरै । यसको शरीर खण्डखण्डमा बाँडिएको हुन्छ ।

यसको शरीरमा हुकको जस्तो संरचनायुक्त हुन्छ जसकारण यो आफ्नो आश्रयदाताको अंगसँग टाँस्सिएर बस्छ । शरीरमा रहने क्युटिकलको मद्दतले यसले आफ्नो भोजन लिन्छ । यसले पचाइएको भोजन मात्रै लिन्छ किनभने यसको पाचनतन्त्र हुँदैन ।

कसरी फैलन्छ टेपवर्म ?

टेपवर्मको संरचना रिबनजस्तो चेप्टो हुन्छ । फित्तेकीराको अण्डा शरीरमा प्रवेश गर्‍यो भने यसले आन्द्रामा आफ्नो घर बनाउँछ । तर, यो पुरै जीवनकाल आन्द्रामा नै बस्छ भन्ने हुँदैन । रगतसँगै यो शरीरका अन्य भागमा समेत पस्छ । एसियाको तुलनामा युरोपेली देशहरूमा यसको खतरा कम छ । एनएचएसका अनुसार शरीरमा टेपवर्म छ भने पनि त्यसको कुनै लक्षण देखिन्छ नै भन्ने हुँदैन । तर, धेरैजसो केसमा पटक यो शरीरको केही अति संवेदनशील अंगमा पुग्नसक्छ जसले खतरा निम्त्याउँछ । सुरुमै थाहा भए यसको उपचार गर्न पनि सजिलो छ । त्यसैले धेरै हानिकारक नभए पनि यसलाई बेवास्ता गर्नु खतरनाक हुनसक्छ ।

टेपवर्म कसरी मानिसको शरीरमा पुग्छ ?

आधा पाकेको वा काँचो सुँगुर वा बीफ खाँदा यो मानिसको शरीरमा पुग्छ । त्यस्तै आधा पाकेको वा काँचो माछाको सेवन गर्दा समेत यो मानिसको शरीरमा प्रवेश गर्ने सम्भावना हुन्छ । । वास्तवमा यी जीवहरूमा टेपवर्मको लार्भा हुन्छ । फलतः माछामासु राम्रोसँग पकाएर खाइएन भने टेपवर्म शरीरमा पुग्छ । यसका अन्य कारणहरू निम्न छन्

दूषित पानी

बन्दागोभी, पालकजस्ता हरियो सब्जीलाई राम्रोसँग पकाएर खाइएन भने पनि टेपवर्म शरीरमा पुग्नसक्छ ।यसैले फोहोर पानीमा वा माटोको सम्पर्कमा फल्ने सब्जीहरूलाई सफा पानीले राम्रोसँग पखालेर खाँदा राम्रो हुन्छ ।

टेपवर्म संक्रमणको लक्षण

सामान्य रुपमा यसको कुनै धेरै सटिक लक्षण देखिँदैन तर, टेपवर्म शरीरमा छ भने शौचबाट थाहा हुन्छ । यसबाहेका पेटमा दुखाइ, डायरिया, कमजोरी र वान्ता हुने, भोक नलाग्नेजस्ता समस्या यसको प्रमुख लक्षण हो ।

शरीरमा टेपवर्मको सङ्ख्या वा अण्डाको सङ्ख्या धेरै छ भने चक्कर आउने, छाला पहेँलो हुने, खोकी लाग्ने, सास फुल्ने, आँखाले हेर्न गाह्रो हुनेजस्ता समस्या समेत देखिन सक्छन् ।

के के छन् त बच्ने उपाय ?

टेपवर्म एकपटक मानिसको शरीरमा पुग्यो भने यसको औषधिको सेवनबाट नै छुटकारा पाउन सकिन्छ । तर, केही सावधानी अपनाउने हो भने यसको संक्रमणबाटै जोगिन सकिन्छ ।

यस्ता छन् बच्ने उपाय

कुनै पनि जनावरको मासुलाई राम्रोसँग पकाएर मात्रै खाने ।फलफूल तथा सब्जीहरूलाई खानुभन्दा अगाडि राम्रोसँग पखाल्ने ।खाना खानुभन्दा पहिले हात धुने । शौच गरेपछि हात र नङ राम्रोसँग सफा गर्ने ।सफा पानी पिउने ।पशुचौपायासँग सीधा सम्पर्कबाट बच्ने वा त्यस क्रममा विशेष सावधानी अपनाउने ।

प्रतिक्रिया दिनुहोस