खसी बोकाको मासूको नयाँ मूल्य निर्धारण : अब प्रतिकेजी ५ सय रुपैयाँ !

दाङ । दशैं तिहारलाई मध्यनजर गर्दै जिउँदो खसीबोकाको खरिद मूल्य निर्धारण गरिएको छ।

दाङको लमही नगरपालिका वडा नं. ९ स्थित कर्मठ सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडमा आइतबार बसेको सरोकारवालाहरुको बैठकले जिउँदो खसी बोकाको खरिद मूल्य निर्धारण गरेको हो।

किसान, व्यवसायी, स्थानीय प्रशासन, जनप्रतिनिधि, सहकारीका पदाधिकारीको बैठकले २० देखि २४ केजी सम्मको खसीको जिउँदो मूल्य प्रतिकिलो ५ सय रुपैयाँ निर्धारण गरेको छ।

त्यस्तै २० देखि २९ केजी सम्मको खसीलाई प्रतिकेजी ५ सय २५ र ३० केजी भन्दा बढी तौलको खसीलाई ५ सय ३० का दरले खरिद मूल्य तोकेको छ।

बैठकले जिउँदो बोकोको खरिद मूल्य पनि निर्धारण गरेको छ । ३० केजीसम्म तौल भएको जिउँदो बोकाको खरिद मूल्य प्रति केजी ४ सय ८० र ३० केजी भन्दा माथि तौल भएको बोकालाई प्रति केजी ५ सय रुपैयाँ मूल्य निर्धारण गरिएको छ।

यो बाहेक सहकारी मार्फत किसानका खसी बोका खरिद गर्ने व्यापारीले प्रतिकेजीमा थप ७ रुपैयाँ सेवा शुल्क तिर्ने गरेका छन्। तुलसीपुरस्थित तालावाङ मासु पसलका सञ्चालक पशुपति जिएले सहकारीको जिउँदो खसीबोका खरिद गर्दा प्रति केजी ५ सय ३७ रुपैयाँ उठाउने ठाउँमै पर्न जाने बताए।

प्रतिक्रिया दिनुहोस