आज सुनमा इतिहासकै ठूलो गिरावट, धेरै सस्तो भयो सुनको मुल्य(हेर्नुहोस कति पुग्यो)

बुधबार तोलामा ५ सय रुपैयाँले बढेको सुन बिहीबार र शुक्रबार दुवै दिन २–२ सयले ओरालो लागेको छ । मंगलबार तोलामा ९४ हजार दुई सय रुपैयाँमा कारोबार भएको सुन बुधबार पाँच सय बढेर तोलाको ९४ हजार ७ सय रुपैयाँ पुगेको हो ।

बिहीबार २ सय रुपैयाँले घटेर ९४ हजार ५०० कायम भएको छापावाल सुन आज पुनस्  २ सयले घटेको हो । शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ३ सय कामय भएको छ। छापावाल सुनको मूल्य घट्दा तेजाबी सुनको मूल्यमा पनि घटेको छ । हिजो ९४ हजारमा कारोबार भएको तेजाबी सुन आज ९३ हजार ८०० मा कारोबार भएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीमा भने बिहीबारको तुलनामा शुक्रबार मूल्य स्थीर रहेको छ । बिहीबार तोलाको १ हजार १७५ रुपैयाँ कामय भएको चाँदी शुक्रबार पनि सोही मूल्यमा बिक्री भइरहेको छ ।  

अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस एक हजार नौँ सय एक अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस