कानभित्र माकुराको जालो : के तपाईको कान धेरै चिलाउँछ, कतै माकुराले जालो लगाएको…

काठमाडौं । विश्वमा हरेक दिन नयाँ र अनौठा घटनाहरु भइरहेका हुन्छन् । झट्ट सुन्दा विश्वास नलागे पनि वास्तवमा ति घटनाहरु सत्य हुन्छन् ।

चीनमा सबैलाई हैरान बनाउने यस्तै एउटा घटना भएको छ । अहिले त्यो घटनाको भिडियो र तस्वीर सामाजिक सञ्जालमा भाइरल हुँदैछ ।

एक व्यक्ति आफ्नो कान चिलाउने समस्याका कारण निकै हैरानीमा थिए । उनी उपचारको लागि डाक्टरकोमा गए । ती बिरामीको नाम ली हो । डाक्टरले जब उनको कानको जाँच गरे तब सबै जना हैरान भए ।

किनकी उनको कानमा माकुराले जालो बुनिरहेको भेटियो । पहिला डाक्टरले पनि सामान्य जाँच गर्दा पत्ता लगाउन सकेका थिएनन् । तरपछि माइक्रोस्कोपको सहायताबाट कानभित्र आठ वटा खुट्टा भएका एक जीव देखियो ।

डेली मेलमा छापिएको रिपोर्टका अनुसार, ली को कानभित्र माकुरा थियो । माकुराले जालो पनि बनाइरहेको थियो । डाक्टरले औषधीका केही थोपा ली को कानमा राखेपछि कानभित्र रहेको माकुरा बाहिर निस्कन बाध्य भयो ।

यो पूरै प्रक्रियलाई रेकर्ड गरेर अनलाइन शेयर गरिएको थियो । यदी कसैलाई पनि धेरै नै कान चिलाउने समस्या छ भने तुरुन्त डाक्टरकोमा जान सुझाइएको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस