हुनेवाला बेहुलाले बेहुलीलाई कुकुर नल्याउनु भनेपछि आकस्मिक रोकियो बिहे

एजेन्सी । मानिसलाई आफ्नो रुचिका अगाडी जीवनकै ठूला अवसर र आवश्यकताले पनि कुनै अर्थ राख्दैनन् भन्ने कुराको उदाहरण पाइएको छ भारतमा ।

भारतको बैंगलोरकी उक युवतीले आफ्ना हुनेवाला दुलहाले बिहेपछि कुकुरलाई सँगै नल्याउन भनेपछि विबाह नै स्थगीत गरेको रहस्य सार्वजनिक भएको छ ।

युवतीलाई मनपर्ने कुकुरलाई नै हुनेवाला बेहुलाले ठाडै अस्विकार गरिदिएपछि करिश्मा वालिया नामकी युवतीले आफुले कुकुरकै कारण बिहे प्रस्ताव अस्विकार गरेको उनीहरु दुई जनाले गरेको च्याट बाहिरिएपछि उक्त रहसय बाहिर आएको हो ।

युवतीले उक्त युवकसाग व्हाट्सएपमा भएको कुराकानी फेसबुकमा पोष्ट गरेपछि उक्त रहस्य बाहिर आएको अन्तराष्ट्रिय मिडियाले उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस