साउथ आइल्याण्ड द्विपमा एकैसाथ ३ सय भन्दा बढी ह्वेल मृत अवस्थामा फेला परेपछि

एजेन्सी। ह्वेल माछा एकैसाथ हिँडेको फिल्ममा हामीले देखेकै हो । तर सेयौँको संख्यामा ह्वले मरेपछि न्यूजिल्याण्डको साउथ आइल्याण्ड द्विपमा ठूलो समस्या आइपरेको छ ।

विहीबार राति करिव ४ सयको संख्यामा सो द्विपको तटमा ह्वेल माछा आएका थिए । ती मध्ये ३ सय ह्वेल मरेका हुन् ।

टापुमा देखिएको अन्य ह्वेललाई बचाउने प्रयास भइरहेको अनतराष्ट्रिय संचार संस्थाहरुले उल्लेख गरेका छन् । के कारणले यति ठूलो संख्यामा ह्वेल मरे भन्ने विषयमा वैज्ञानिकहरुले अध्ययन थालेका छन् ।

प्रतिक्रिया दिनुहोस