आँखाको डार्क सर्कल्स ,कुहिना र घुँडाको कालोपन यसरि गरौँ छुमन्तर

के तपाई कुहिना र घुडामा कालोपनको समस्यामा हुनुहुन्छ? या कतै आँखाको तल डार्क सर्कल्सले तनावमा हुनुहुन्छ ? यदि यस्ता समस्या छन् भने केहि यस्ता सामान्य उपायहरू छन् जसले तपाइँको डार्क सर्कल्स, कुहिना र घुँडाको कालोपनबाट सजिलै छुटकारा पाउन सकिन्छ।

एलोभेरा
एलोभेराको प्रयोग द्वारा तपाइँ रोगहरू बाट मुक्ति पाउनु साथै आकर्षक पनि देखिनु हुन्छ। एलोभेराको जेललाई डार्क सर्कल्स, कुईना र घुडामा लगाई 30 मिनेट सम्म राखी सफा पानीले धुनुहोस्। दिनहुँ यसको प्रयोग गर्नाले तपाइँ कालोपन बाट छुटकारा पाउन सक्नुहुन्छ।

कागती
कगतीको प्रयोगले कुईना र घुडाको कालोपन सजिलै हटाउन सकिन्छ। विशेष गरी कागतीमा रहेको सिट्रिक एसिड र एलीमेन्ट द्वारा कालोपन हटाउन मद्दत गर्छ। दिनहुँ आधा कागतीले कुईना र घुडामा हल्का रगड्नुहोस्। केहि दिनमै यसको परिणाम देखा पर्न थाल्दछ।

आलु र काँक्रा
आँखाको तलको डार्क सर्कल्स हटाउनका लागि आलु र काँक्राको स्लाइसलाई आँखामा राख्नुहोस र २० मिनेट पछि हटाउनुहोस। केहि दिन सम्म यसो गर्दा यसको असर देखिन थाल्छ।
आलुले घुँडा र कुहिनाको कालोपन हटाउनको लागि यसको भागमा रगड्नुहोस। केहि दिनमै यसको रिजल्ट आउन थाल्छ।

प्रतिक्रिया दिनुहोस