काठमाडौ । नेपाली बजारमा सोमबार सुनको मुल्य घटेको छ ।
आइतबार तोलामा ९४ हजार ५ सयमा कारोबार भएको छापावाल सुनको मूल्य आज तोलामा ४ सय रुपैयाँले घटेर प्रतितोला ९४ हजार १ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै आज तेजावी सुनको मूल्य ९३ हजार ६ निर्धारण गरिएको छ । त्यस्तैगरी आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदीको मूल्य प्रतितोला ११८० रहेको महासंघले जनाएको छ ।