दाजु बहिनी बने श्रीमान-श्रीमती , मेरो ठाउँमा मेरी छोरीलाई श्रीमती बनाउनु : हाम्राे समाजले पचाउनै नसकिने यस्ता सम्मका १० बिहे…

काठमाडौ । पूर्वीय संस्कारमा एकाघरको मात्र हैन एउटै गोत्र थरका व्यक्तिहरुबीच विहेबारी असम्भव छ । एउटै परिवारभित्र वैवाहिक सम्वन्धको त कल्पना पनि गरिदैन । तर, संसारमा यस्ता घटना भएका छन् जहाँ एउटी आमा आफैंले जन्म दिएको छोराकी श्रीमती हुन पुग्छिन् । अनि एउटा बाबु आफ्नी छोरीलाई श्रीमती बनाउछ । सीमा नाघेर राखिएका यस्ता केही सम्वन्धहरुबारे यहाँ चर्चा गरिएको छ । यो सामाग्री केबल विश्व जानकारीका लागि मात्र हो । हाम्रो समाजमा पूर्ण असम्भव छ । कल्पनापनि गर्न सकिन्न ।

१, छोराकै गर्भ बोक्न चाहाने आमा: घटना नेपालको मात्र हैन की पूर्वीय समाजकै हैन । बेन नामका बच्चा जन्माएको केही हप्तापछि नै किमले आफ्नो बच्चा अरु कसैलाई पाल्न दिएकी रहिछन् । धेरै वर्षपछि आमा छोराको भेट हुँदा उनीहरुबीच अर्कै खालको भावनाले डेरा जमाउन थाल्यो । बेनले आफ्नी आमालाई श्रीमती बनाउन आफ्नी श्रीमतीसँग सम्वन्धविच्छेद गरे । अहिले बेन र किम श्रीमान–श्रीमती भएर बाँचिरहेका छन् । किम चाँडै बेनको बच्चाको आमा बन्न चाहन्छिन् । उनीहरुको सम्वन्धका विषयमा चर्को विवाद भयो तर उनीहरु अलग भएनन् । अमेरिकाको मिचिगनमा बस्ने ५२ वर्षकी किम वेस्टसँग जोडिएको घटना हो यो । उनी पछिल्ला ३ वर्षदेखि आफ्नो छोरा बेन फोर्डसँग सम्वन्धमा छिन् । अघिल्लो वर्ष उनीहरुको हर्कत सार्वजनिक रुपमा छताछुल्ल भएको थियो ।

२, नातिसँग प्रेम गर्दा हजुरआमा जेलमा: घटना एसियाली क्षेत्रको नै हो । इन्डियानामा बस्ने ७२ वर्षकी पर्ल कार्टर आफ्नै नातिसँग प्रेम गर्न पुगिन् । उनले आफ्नो प्रेमलाई वैवाहिक सम्वन्धमा बदलिन् पनि । हजुरआमा र नातिको जोडीले ४ वर्ष सँगै रहेपछि भाडाको कोखमार्फत बच्चा जन्माउने निर्णय लिएका थिए । तर यो खबर बाहिर फैलिएपछि प्रहरीले पर्ललाई पक्राउ गर्‍यो । प्रहरीसँगको बयानमा उनले आफूहरु एकअर्काको निम्ति नै बनेको बताइन् । उनले यो पनि भनिन् कि, आफूहरुले सार्वजनिक स्थानमा कुनै पारिवारीक कार्य गर्दा मानिसहरुले मजाक बनाउछन् । उनले यो प्रकरणमा जेल सजायँ पुरा गरेकी छिन्

प्रतिक्रिया दिनुहोस