श्रीमतीलाई खु’सी बनाउने २५ महत्वपूर्ण सुत्रहरू ! हरेक पुरूषले थाह पाउनुपर्ने कुरा !

काठमाडौँ । आजकल नेपाली समाजमा थुप्रै कारणहरुले डिभोर्सको घटना दिन प्रतिदिन बढ्दै छ । कतै तपाईले आफ्नो श्रीमतीलाई खुसि पर्न नसकेर तपाईको परिवारिक जीवनमा खटपट त परेको छैन ? सामाजिक संजालमा चितपरिचित ले खेक गणेश ज्ञवालीले तयार पारेका श्रीमतीलाई खुसी बनाउने २५ सुत्रहरूयी सुत्रहरु अपनाउनुभयो भने तपाइको परिवारमा कहिले पनि झगडा हुदैन।

(१). काली, परी, माया, बेबी र मेरो महारानी भनेर बोलाउने । (२).कुनै अन्य राम्री केटी संग तुलना गर्दै नगर्ने। बरु नराम्री केटीको फ़ोटो देखाएर यो भन्दा राम्री त तिमी छौ भनी मक्ख पार्ने। (३). भूलेर पनी श्रीमतीका बाउआमाको नराम्रो पक्ष ननिकाल्दिने। सकेसम्म माईतीको कुकुर र भैसिको पनी भरपूर तारीफ गर्ने। (४).घर सफा, गर्ने, कपड़ा धुने, बजार जाने र खाना पकाउने। अफिसको लागी आफ्नो खाजा आफै पोको पार्ने।

(५). बाहिर निस्कदा आफ्नो गन्तव्य सुनाएर निस्कने र छिटो घर फ़र्किने। रक्सि पिउन मनलागे गोजिमा २ दाना ल्वांग र लसुन बोकेर हिड्ने। घर प्रवेश गर्नु पूर्व चपाउने। (६). आफू जतिसुकै बिजि भएपनी दिउँसो १०/१५ पटक सम्झिने फोन गरेर Love you Baby भन्ने। विवाहको सधै औठी लगाउने र मोबाइलको स्क्रीन र पर्समा श्रीमतीको फोटो राख्ने।

(७). श्रीमतीले जस्तोसुकै स्वादको खाना पकाएपनी, तीम्रो हात त सारै मिठो छ भन्ने। खाना संगसंगै श्रीमतीको हात सुमसुमाउने। (८).पूराना कुरा निस्के, तिमी राम्री भएर त हो टोलका केटाहरू अहिलेसम्म तीम्रो पछी परेको भन्ने। (९). हरेक कुराको अधिकार श्रीमती लाई दिने। उसको योजना गलतै भएपनी, श्रीमतिको निर्णयमा सहमत हुने। (१०). अफिसको काम र साथीभाईका कुरा श्रीमतीलाई नसुनाउने तर श्रीमतीले रातभर जे बरबराएपनी ध्यान दिएर सुन्ने।

(११). श्रीमतीको मूड हेरेर मात्र मायाले सताउने । नत्र महिला हिंसा र बलात्कारको आरोप खेप्नु पर्ला। (१२). श्रीमतीका कुरा सुन्ने र उसको माँग अनुसारको शपिंग गरीदिने। बजार जादा आउदा श्रीमतीको झोला बोक्ने। (१३). श्रीमतीले बोलेको जोक्समा हास्ने र दुःखको कुरा गरे, हो मा हो मिलाएर संगै रोएझै गर्ने। (१४). आफु जा गएपनी मोबाइलको लोकेशन ट्र्याकर On राखेर हीड्ने र कस्लाई भेट्न गएको फोटो खिंचेर श्रीमतीलाई पठाउने।

प्रतिक्रिया दिनुहोस