अचम्मको डिर्भोस, आफूभन्दा श्रीमती अघि हिँडेको भन्दै यि श्रीमानले गरे सम्बन्धविच्छेद

एजेन्सी । श्रीमान् र श्रीमतीबिच सम्बन्ध बिच्छेद हुन ठूलै कारण चाहिन्छ भन्ने हाम्रो आम मान्यता छ । तर साउदी अरबमा निकै स–सानो कुरामा सम्बन्धविच्छेद हुने चलन बढ्दो छ ।

जसको पछिल्लो उदाहरण हो आफूभन्दा श्रीमती अघि हिँडेको भन्दै यि श्रीमानले गरे सम्बन्धविच्छेद ।

पहिचान नखुलाइएको उक्त घटनामा श्रीमानले थुप्रै पटक आाफूभन्दा अगाडि नहिँड्न श्रीमतीलाई चेतावनी दिएपनि श्रीमतीले उनको भनाई नमानेपछि उनीसँग सम्बन्ध तोडेको स्थानीय संचार संस्थाहरुले उल्लेख गरेका छन् । साउदीमा मुख्य रुपमा सम्बन्धविच्छेद हुनुमा आधुनिक प्रविधीलाई सबैभन्दा ठूलो दोषी ठानीएको छ ।

प्रतिक्रिया दिनुहोस