रक्सी खाने पैसा नभएपछि दलाल मार्फत २५ हजारमा छोरो बेचेका यि बाबुले पाए जम्मा ५ हजार रुपैयाँ

एजेन्सी । आफ्नै बाबुले छोरालाई बेचेको खबर त कहिलेकाँही सुन्नुभएको होला । तर रक्सी र फोनका लागी छोरालाई बेचेको कहिल्यै सुन्नुभएको छ ? यस्तै भएको छ भारतमा । भारतका पाण्डिया मुखी नामक ब्यक्तिले आफ्नो नाबालक छोरालाई सोमनाथ सेठीका निःसन्तान दम्पतिलाई २५ हजारमा छोरो बेचेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

दलालले २५ हजार भारु दिएर बच्चा खरीद गरिदिन सफल भयो र बाँकी २० हजार भारु आफैंले राख्यो । बच्चाको किनबेच भएको खबर पाए लगत्तै प्रहरीले पाण्डिया मुखी र उनका एक छिमेकीलाई पक्राउ गर्‍यो । अनि बच्चाको सकुशल उद्दार गरेर बच्चाको आमाको साथ लगाएको छ ।

अनि अदालतको आदेशमा बच्चा बेच्ने र उनका छिमेकीलाई जेल पठाइएको छ । उनले उक्त रकम हाता लागे लगत्तै रक्सी सहित मोवाइल समेत किनेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस