के तपाई पायल्सको समस्याबाट पी’डित हुनुहुन्छ ? निको पार्ने घरेलु विधि थाहा पाउनुस्

के तपाई पायल्सको समस्याबाट पी’डित हुनुहुन्छ । यो, निकै क’ष्टकर समस्या हो ।

गलत खानपान र जीवनशैलीले निम्त्याउने यो समस्याबाट धेरैजना ग्र’सित हुन्छन् । तर, ला’ज’को कारण रोग लुकाउँछन् । जबसम्म समस्याले ज’टिल रुप लिदैन, तबसम्म उपचार खोजिदैन ।

म’लद्वार र म’लाशयका भित्ताहरुमा रहेको र’क्तनली सु’न्निने र त्यसबाट उत्पन्न हुने विभिन्न समस्या नै पायल्स हो । सुरुवाती चरणमा खानपान र जीवनशैली बदलेर यसबाट छुटकारा पाउन सकिन्छ ।

ज’टिल अवस्थामा भने श’ल्याक्रिया गर्नुपर्ने समेत हुनसक्छ । योग, आर्युवेदलगायत परम्परागत उपचार विधीबाट पनि यसको निदान खोज्न सकिन्छ ।

कति प्रकारका हुन्छन् ?

यसलाई विभिन्न श्रेणीमा राखिएको छ ।

१. शिराहरु सु’न्निएर सानो डल्लो बनी म’लाशयमा नै रहने तर, बाहिर नआउने ।

२. सु’न्निएका न‘साहरु मल त्याग गर्दा बाहिर आउने, दिसा गरिसकेपछि पुन आफ्नै स्थानमा जाने ।

३. शिराहरुको डल्लो बाहिर आउने र आफैं यथास्थानमा नजाने ।

४. सु’न्निएको न’शाका डल्लाहरु निरन्तर म’लद्वार बाहिर नै रहने ।

पायल्स भएको कसरी थाहा पाउने ?

दिसा गर्दा समस्या हुनु नै यसको खास लक्षण हो ।

म’लाशयमा भारीपन हुने, दिसा ख’लास नहुने, दु’ख्ने जस्ता सुरुवाती लक्षण हुन् । जति जति रोग बढ्दै जान्छ, उत्तिनै दु’खाई बढी हुन्छ । गु’द्वारमा मासुको डल्ला निस्कने, त्यसमा चि’लाउने हुन्छ ।

किन हुन्छ ?

कब्जियत नै यसको मुल कारण हो । जब कब्जियत हुन्छ, दिसा गर्दा बल पर्छ । त्यही बलले गु’द्वार भित्रका रक्तशिरालाई तन्काइ दिन्छ । यो क्रमस फैलन थाल्छ र गि’र्खा बन्न थाल्छ । त्यसैले यसबाट बच्नका लागि कब्जियतको समस्या आउन दिन हुँदैन ।

कब्जियत आउन नदिनका लागि खानपानमा सर्तकता अपनाउनु पर्छ । किनभने अपच हुने खानेकुराहरु, जस्तो कि मैदाबाट बनेका, प्याकेटमा राखिएका, तारेका, भुटेका, जंक फूड, मसलेदार, मासुजन्य खानेकुरा कब्जियतको कारण बन्छ ।

यस्तो अस्वस्थ्यकर खानेकुरा खाने तर, पर्याप्त पानी नपिउने, व्यायाम नगर्ने, फाइबरयुक्त खानेकुरा, फलफूल सेवन नगर्ने बानीले कब्जियत निम्त्याउँछ । कब्जियतले पायल्स ।

अनियमित खानपान पनि यसको कारण हुनसक्छ । जस्तो कि भोक लागेको बेला नखाने, राती अबेर खाने, आवश्यक्ताभन्दा बढी खाने बानीले कब्जियत रोग पैदा गर्छ ।

त्यस्तै, दिसा रोक्ने बानी अर्को कारण हो । दिसाको वेगलाई रोक्ने बानीले कब्जियतको समस्या ल्याउँछ । गहु्रंगो भारी उचाल्ने, पेटको समस्या भएका, ग’र्भवती र ग’र्भपात गर्नेहरु, मोटोपन भएका, गु’दा मै’थुन गर्नेहरुमा यो समस्या देखापर्न सक्छ ।

के गर्ने त ?

सुरुमा त रोग लाग्न नदिनु नै उत्तम हो, जसका लागि खानपान र जीवनशैली बदल्नुपर्छ । स्वस्थ्य खानपान र जीवनशैलीले यस्तो समस्या आउँदैन ।

पायल्सको समस्या छ भने चाहि त्यसको प्रकृति अर्थात श्रेणी अनुसार उपचार विधी अपनाउनु पर्छ । सामन्य स्थितीमा खानपान, जीवनशैली, व्यायाम आदिबाट यसको निदान खोज्न सकिन्छ । योग, आर्युवेद, प्राकृतिक चिकित्सा आदिबाट पनि पायल्सको निदान खोज्न सकिन्छ ।

पेटको सरसफाईमा ध्यान दिने, रेसायुक्त वा फाइबरयुक्त खानेकुरा खाने, पर्याप्त पानी खाने, स्वस्थ्य भोजन तालिका अपनाउने, व्यायाम गर्ने जस्ता बानीले पायल्सबाट छुटकारा पाउन सकिन्छ ।

के नखाने ?

यस्तो खानेकुरा सेवन नगर्ने जसले पेटलाई भ’द्दा बनाउँछ । पाचन यन्त्रमा समस्या ल्याउँछ । जस्तो कि, बोसोयुक्त, तारेको, भुटेको, मसलेदार, मासुजन्य, दुधजन्य, मैदाबाट बनेका, कार्बोनेटेड ड्रिक आदिको सेवन नगर्नु हुँदैन । म’दिरापान, धु’मपानले पनि यसलाई ज’टिल बनाउँन सक्छ । सकेसम्म अन्न नखाएकै राम्रो हुन्छ ।

के खाने ?

सुपाच्य खानेकुरा सेवन गर्ने । फाइबरयुक्त खानेकुरा जस्तो कि, हरियो सागपात, सलाद आदि पर्याप्त मात्रामा लिने । ताजा फलफूलको सेवन गर्ने । पर्याप्त पानी पिउने । दाल पिउने । मकै, गहुँ, फापरको रोटी आदि उपयोगी हुन्छ ।

प्राकृतिक विधी के छ ?

– नियमित रुपमा शौच क्रिया गर्ने बानी बसाल्नु पर्छ । दिसा गर्दा बल गर्नु हुँदैन ।

– यसबाट छुटकारा पाउनका लागि उपवास राम्रो विधी हो । सातामा कम्तिमा एक दिन उपवास बस्नु पर्छ ।

– रक्तश्राव भएको छ भने म’लद्वारमा बरफले मा’लिस गर्दा ठीक हुन्छ ।

– रक्तश्रा’व नभएको अवस्थामा भने तातो पानीमा म‘लद्वार डुबाएर बस्नुपर्छ । सहन सक्ने तातो पानीमा १५, २० मिनेट जति बस्नुपर्छ ।

– दिसा गरिसकेपछि राम्ररी धोई तातोपानीले सेक्ने गर्नुपर्छ ।

– मिठो मसिनो भन्दा खस्रो-मोटो खानेकुरा सेवन गरौं । रेसा र चोकरयुक्त खाद्यपदार्थ उपयोगी हुन्छ ।

घरेलु विधी के छ ?

पायल्सको समस्या घरेलु विधीबाट पनि हटाउन सकिन्छ । यसका लागि खानपानमा विशेष सतर्कता अपनाउनु पर्ने हुन्छ । पायल्समा के खाने, के नखाने भन्ने कुराले ठूलो अर्थ राख्छ । जथाभावी खाने, जस्तोसुकै खाने बानीले पायल्सको संभावना बढाउँछ ।

गलत खानपान, पुग्दो पानी नपिउने जस्ता बानीले कब्जियत हुन्छ । यस्तो अवस्थामा दिसा गर्दा बल गर्नुपर्ने हुन्छ । पछि त्यसैले पायल्सको संभावना बढाउँछ ।

– पायल्सको रोगीले कब्जियत हुन नदिन फाइबरयुक्त, झोलिलो खानेकुरा खानुपर्छ ।

– तारेको, भुटेको, मसलेदार खानेकुराले समस्या निम्त्याउँछ ।

– पायल्स रोगीको लागि मुलाको रस निकै उपयोगी हुन्छ ।

– कागती पानीको सेवनले पायल्समा राहात दिन्छ ।

– पायल्सको कारण म’लद्वारमा दु’ख्ने, पो’ल्ने हुन्छ । उक्त ठाउँमा हल्कासँगले घिउकुमारीको गुदी लगाउनु पर्छ । यसले दुखाई कम गर्नका साथै औषधीको पनि काम गर्छ ।

– बदामको तेल पनि पायल्समा निकै उपयोगी हुन्छ । एक दिनमा तीन चार पटक म’लद्वारमा वदामको शुद्ध तेल लगाउनुपर्छ

प्रतिक्रिया दिनुहोस