सुन किन्ने हरुका लागि खुसीको खबर बढिरहेको सुनको मूल्य एकैचोटी पुरानो मूल्यमा झर्ने।

काठमाडौं । आज सुनको मूल्य घटेको छ।

आज प्रतितोला ८ सय रुपैयाँले घटेर सुन प्रतितोला ९४ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो छापावाल सुन प्रतितोला ९४ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आज तेजावी सुन प्रतितोला ९३ हजार ६ सय रुपैयाँमा कोरोबार भइरहेको छ । हिजो तेजावी सुन प्रतितोला ९४ हजार ४ रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको भाउ पनि घटेको छ। आज चाँदी प्रतितोला ११ सय ७५ रुपैयाँमा कोरोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो चाँदी प्रतितोला १२ सय रुपैयाँमा कोरोबार भएको थियो।

प्रतिक्रिया दिनुहोस