के तपाईको खुट्टाबाट जुत्ता,मोजा खोल्नासाथ दुर्गन्ध आउने समस्याले पिडित हुनुहुन्छ ? त्यसो भय अपनाउनुहोस यी उपाय

अधिकांश मानिसले जब साँझ जुत्ता-मोजा खोल्न थाल्छन् तब खुट्टाबाट दुर्गन्ध आउँछ र कतिपय मानिसको खुट्टाबाट बढी दुर्गन्ध आउँछ । सायद तपाईलाई पनि यस्तै हुन्छ होला, यदि तपाईलाई यस्तो समस्या छ भने घरमै उपलब्ध केही सहज उपाय अपनाई खुट्टाबाट दुर्गन्ध आउने समस्यालाई सजिलै कम गर्न सक्नुहुन्छ । यसकारण आज हामी चर्चा गर्दैछौँ, ती उपायको बारेमा जसको मद्दतले खुट्टाको दुर्गन्धबाट छुटकारा पाउन सकिन्छ ।

बेकिंग सोडा- यदि तपाई पनि खुट्टाको दुर्गन्धले चिन्तित हुनुहुन्छ भने बेकिंग सोडा तपाईको लागि निकै उपयोगी सावित हुनसक्छ । खानाको विभिन्न परिकार मिलाइने बेकिंग सोडाले खुट्टाको दुर्गन्ध हटाउनका लागि निकै मद्दत गर्छ । यसको लागि एक भाँडामा मनतातो पानी लिनुहोस् र यसमा दुई ठूलो चम्मच बेकिंग सोडाको साथमा कागतीको रस मिलाउनुहोस् र यसमा दस मिनेट सम्म खुट्टालाई डुबाएर राख्नुहोस् । यसको प्रयोग नियमित रूपमा गर्दा तपाईको खुट्टाको दुर्गन्ध बिस्तारै-बिस्तारै कम हुँदै जान्छ ।

नूनको प्रयोग- नून यस्तो चीज हो, जुन शरीरको लागि निकै फाइदाजनक हुन्छ । यदि खुट्टाबाट दुर्गन्ध आउने समस्या छ भने तातो पानीमा मिलाएर खुट्टालाई यसमा भिजाएर राख्नुहोस् र केही समय पछि चिसो पानीले धुनुहोस् । यसो गर्दा तपाईले केही दिनमै फरक महसूस गर्नुहुन्छ र यदि तपाई सादा नूनको साटो कालो नूनको प्रयोग गर्नुहुन्छ भने बढी फाइदाजनक मानिन्छ ।

एप्पल सिडार भिनेगर- खुट्टाको दुर्गन्धलाई हटाउनको लागि एप्पल सिडार भिनेगरमा खुट्टा डुबाउनुहोस् । एक भाँडामा पानी राख्नुहोस् र एक चौथाई कप एप्पल सिडार हाल्नुहोस् । यस मिश्रणमा दस मिनेट सम्म खुट्टालाई डुबाएर राख्नुहोस् र यसपछि खुट्टालाई राम्रो सँग पोछ्नुहोस् ।

अदुवा- अदुवा पेट वा स्वादको लागि राम्रो मानिन्छ र साथै यो तपाईको खुट्टाको दुर्गन्धलाई हटाउनका लागि पनि उपयोगी सावित हुन्छ । यदि अदुवाले खुट्टाको दुर्गन्ध हटाउन चाहनुहुन्छ भने पहिले अदुवालाई पिसेर यसको रस निकाल्नुहोस् । यसपछि यसमा कपासको गोलो भिजाएर खुट्टाको पैतालामा लगाउनुहोस् र रातभरी यस्तै छोड्नुहोस् । बिहान खुट्टालाई राम्रो सँग धुनुहोस् । खुट्टा र मोजालाई सधैँ सफा राख्नुहोस् ।

प्रतिक्रिया दिनुहोस