दाहिने श’ङ्ख भेटियाे

जुम्ला – जुम्लामा रहेको चन्दननाथ मन्दिरमा चो’री भएका मूर्तिमध्ये दाहिने श’ङ्ख भेटिएको छ । चन्दननाथ नगरपालिका १० बोहोरा गाउँको खोलापानेमा एक ओडारमुनि दाहिने श’ङ्ख भेटिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक (इ’न्स्पेक्टर) तथा सूचना अधिकारी देवराज भट्टराईका अनुसार अनुसन्धान गर्दै जाँदा पक्राउ परेका एक जना व्यक्तिको सहयोगमा श’ङ्ख लुकाएको ठाउँ पत्ता लगाएकाे हाे । रातो प्लास्टिकभित्र सेतो प्लास्टिक र सेतो प्लास्टिकभित्र फा’इबरकाे झोलामा बे’रेर राखेको अवस्थामा दाहिने श’ङ्ख भेटिएकाे इ’न्स्पेक्टर भट्टराईले बताउनुभयाे ।

यसअघि चन्दननाथ नगरपालिका १० का स्थानीय सुशील विष्टको खेतको आलीको सु’केको घाँसको थुप्रोमा दो’सल्लामा बे’रिएको अवस्थामा अन्य दुई मू’र्ति भेटिएकाे थियाे । प्रहरीले त्याे घ’टनामा विष्टसहित तीन जनालाई पक्राउ गरेको थियो । पक्राउ परेकामध्ये एक जनाको सहयोग तथा बयानअनुसार दाहिने श’ङ्ख भेटिएको भट्टराईले जानकारी दिनुभयो ।यसअघि २०७३ साल मङ्सिर ११ गते पनि मूर्ति चो’री भएको थियो । केही मू’र्ति त्यही समयमा पत्ता लागेका थिए । सबैभन्दा ठूलो १८ केजीको चाँदीको मू’र्ति गएकाे माघ ६ गते चन्दननाथ नगरपालिका १ दा’नसाँघुको खेतको आ’लीमा भेटिएको थियो । मू’र्ति चो’री घ’टनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस