विवाहमा आएका व्यक्तिले उपहारमा बम पार्सल दिएपछि उपहार बिस्फोट ! दुलाहाको मृत्यु, दुलही गम्भीर घाइते

बीबीसी । भारतको पूर्वी शहर ओढिसामा शुक्रबार विवाहको उपहार खोल्दा विस्फोट भएपछि पाँच दिन अघि मात्र विवाह गरेका दुलाहा र उनकी हजुरआमाको मृत्यु भएको बीबीसीले जनाएको छ ।

यसका साथै नजिकै बसेकी उनकी पत्नी समेत गम्भीर घाइते भएको ओढिसा पुलिसले खबर गरेको छ ।

विवाहमा आएका व्यक्तिले उपहारमा बम पार्सल गरेर दिएपछि यो दुर्घटना भएको स्थानीय पुलिसको भनाइ छ । १८ फेब्रुअरीको रिसेप्सनमा पाएको सो उपहार घरमा बसेर खोल्दैगर्दा लगत्तै विस्फोट भएपछि दुलाहा सौम्य शेखरको घाइते अवस्थामा अस्पताल लाने क्रममा मृत्यु भएको थियो भने उनकी हजुरआमाको चाहिँ घटनास्थलमै मृत्यु भएको बताइएको छ ।

त्यस उपहारमा कुनै नाम नलेखिएको पुलिसले बताएको छ । पाँच दिन अगाडि सौम्या सेखर र रिमा साहुको विवाहमा उपस्थित अतिथि वा सो क्षेत्रकै कसैले हमला गरेको हुन सक्ने पुलिसको भनाइ छ ।

अपराधीको वास्तविक उद्देश्य भने अझै प्रस्ट नभएको बताइएको छ । पुलिसले यसमा संलग्न हुन सक्ने अपराधीको खोज गरिरहेको र दुर्घटनाबारे पनि थप अनुसन्धान भइरहेको बताएको छ । गम्भीर घाइते भएकी मृतककी पत्नीको भने नजिकैको अस्पतालमा उपचार भइरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस