मलामी जम्मा भै मसान घाट लैजान ठिक्क पर्दा यी बृद्ध जुरुक्क उठेर यताउता हेर्न थालेपछि सबै चकित …!

फिरोजाबाद, मानिस मरेपछि जिउँदो हुन्छ त ? असम्भव कुरा मानिन्छ । तर कहिलेकाहिँ केही अपत्यारिला घटना भने हुने गर्दछन् ।

यस्तै भएको छ एकजना ७० वर्षीय बृद्धको जीन्दगीमा ।

अचम्म त के छ भने जिउँदो हुनु अघि उनको शरीरका बिभिन्न अंगमा नीलो निशान र हातमा फोकाहरु उठेका थिए ।

घटना भारतको उत्तरप्रदेश अन्तर्गत फिरोजाबाद जिल्लाको मक्खनपुर थाना क्षेत्रको हो । यहाँका ७० वर्षीय ज्ञानसिंह निकै दिनदेखि बिरामी थिए । उनलाई ब्लड प्रेशर, सुगरसहित कैयन अन्य बिमारी थियो । उपचारकै क्रममा एक फेब्रुअरीका दिन बिहान उनको मृत्यु भयो ।

बृद्धको मृत्यु भएपछि सबै नातेदार घरमा भेला भएपछि साँझ करिब ४ बजे उनलाई मसान घाट लैजान खोजियो ।

तर मसानघाट लैजाने तयारी गर्दा उनको शरीरम भने विचित्रको परिवर्तन देखिन थाल्यो । शरीरका कैयन स्थानमा नीलो निशाना देखियो भने हातमा फोकाहरु आउन थाले ।

मानिसहरु चकित थिए, कोही केही बुझन सकिरहेको थिएन । तर यही बीचमा ज्ञान सिंह भने जुरुक्क उठेर यताउता हेर्न थाले ।

एकैछिनपछि ज्ञानसिंह बोल्न थाले । उनका अनुसार, तीन जना व्यक्तिले उनलाई समातेर निकै टाढा एउटा सुन्दर स्थानमा लगेका थिए । त्यहाँ सुनको गेट थियो रे, गेटमा कैयन् सिपाही थिए । तर उनलाई गेट भित्र भने लगिएन । उल्टै सिपाहीहरुले उनलाई लैजानेहरुलाई गाली गर्दै आफूमाथि एउटा तातो कुरा फालेर धक्का दिए ।
तल खसेको कारण मेरो शरीरमा यो निलो निशान देखिएको र तातो फ्याँकेको कारण फोका उठेको उनले बताए ।

यमदूतहरुले भूलवस आफूलाई लगेको उनको भनाई थियो ।

यो खबर अहिले भारतभरि भाइरल बनेको छ । के ज्ञानसिंहले भनेजस्तै भयो होला त ? या यसका पछाडि केही वैज्ञानिक कारण छ, यो भने रहस्यकै गर्भमा छ ।

प्रतिक्रिया दिनुहोस