उडिरहेको जहाजभन्दा माथी एलियन जहाज देखियो, उडान भरिरहेका पाइलटले विमानस्थललाई दिए अनौठो सूचना

उत्तर अमेरिका । अमेरिकाका व्यावसायिक पाइलटले एरिजोना भूमिमाथि आकाशमा अनौठो एलियन जहाज देखेको बताएका छन् । उनीहरुले उडान भरिरहेका बेला अनौठो वस्तु ककपिटबाट देखिएको फेडेरल एभिएसन एडमिनिस्ट्रेसनले सार्वजनिक गरेको रेडियो कुराकानीमा यसको पुष्टि भएको हो ।

एक लिअरजेट पाइलट र अमेरिकी एयरलाइनका पाइलटले आकाशमा अनौठो यान देखेको बताएका हुन् । यो दृश्य गत फेब्रुअरी २४ मा अलबुक्वेरक्युस्थित क्षेत्रीय एयर ट्राफिक कन्ट्रोलरसँग गरेको कुराकानीले पुष्टि गरेको हो ।

उक्त अनौठो यान देखेको ३० सेकेन्डमै पाइलटले एयर ट्राफिक कन्ट्रोलमा रिपोर्ट गरेका थिए । उनीहरुले सोही बेला एउटा यूएफओ (एलियन जहाज) भनेको उक्त रेडियो कुराकानीमा सुन्न सकिने अमेरिकी मिडियाले जनाएका छन् ।

त्यसलगत्तै एफएए कन्ट्रोलरले एउटा अमेरिकी एयरलाइनलाई चेतावनी दिएको थियो । उसले त्यस विमानलाई केही उडिरहेको देख्यौ ? भनेको सुन्न सकिन्छ । सो क्रममा पाइलटले केही भेटिए जानकारी दिने बताउँछ ।

सोही बखत उक्त अमेरिकन १०९५ को पाइलटले एयर ट्राफिकमा रिपोर्ट गर्छ – भर्खरै कुनै वस्तु हामीबाट पास भयो । यो ठ्याक्कै के हो थाहा भएन तर यो हामीभन्दा २ देखि ३ हजार फिट माथि उडिरहेको छ ।

एयरबसको ए३२१ उक्त विमान सान डियागोबाट डल्लासतर्फ उडान भरिरहेको फ्लाइट राडार २४ बाट थाहा पाउनसकिन्छ ।

यद्यपि पाइलटहरुले देखेको उक्त यान यूएफओ नै भए नभएको भन्नेबारे एकीन हुनसकेको छैन । सीएनएनबाट

प्रतिक्रिया दिनुहोस