दक्षिणाको बिषयमा बेहुला र बेहुली पक्षबीच विवाद हुँदा बिहे नै रद्द, बेहुलाले जग्गेबाट उठेर हातपात गरे बेहुलीका बाबुलाई

काठमाडौं । भारतमा १ सय भारु दक्षिणाको विवादमा बिहे नै टुटेको छ । बिहे सम्पन्न भएको एक घण्टा पनि बितेको थिएन । तर एक सय भारु दक्षिणा लेनदेनको विषयमा बेहुला र बेहुली पक्षबीच विवाद हुँदा सम्पन्न भैसकेको बैबाहिक सम्बन्ध भंग भयो ।

भारतको उत्तर प्रदेशको मेरठमा यो घटना भएको हो । विवाह सम्पन्न भैसकेको थियो । त्यही बीचमा दक्षिणाको १ सय भारुका विषयमा विवाद सुरु भयो । विवाद यति धेरै बढ्यो की बेहुलीले बेहुलासँग जान अस्विकार गरिन् र अन्ततः बेहुला र बेहुली दुबैले सम्पन्न भैसकेको विवाह भंग गर्ने निर्णय गरे ।

मेरठको टोपीनगर इलाकामा सोमबार रात विवाह कार्यक्रमको आयोजना भयो । दिल्लीबाट जन्ती लिएर बेहुला आए । विवाहको कार्यक्रम राम्रैसँग चलिरहेको थियो । तर रात अबेर दुबै पक्षका केही नातेदार तथा आफन्तहरु बिहेको फेरोमा रोकिए । बेहुला पक्षले फेर लगाउने मन्त्रोच्चारणका लागि आफ्नो पण्डित ल्याएको थिएन । त्यसैले बेहुली पक्षकै पण्डितले नै बेहुला पक्षको तर्फबाट फेर लगाउने मन्त्रोच्चारण गराइदिने र यसका लागि बेहुला पक्षले पण्डितलाई दक्षिणा दिने कुरा भएको थियो । सोहीअनुसार फेरो लगाइयो । तर बेहुला पक्षले दक्षिणाको रुपमा केवल १ सय भारु मात्र दिए ।

पण्डितलाई निकै कम दक्षिण दिएको विषयमा बेहुलीका बाबुले बेहुला पक्षको निकै बेइज्जत गरिदिए । त्यसपछि बेहुलाका बाबुले पण्डितलाई २१ सय भारु दक्षिणा दिए ।

अनि बेहुलीका बुवाले आफ्नो बेइज्जत गरेको भन्दै जन्तीसामु गएर रुन थाले । त्यो कुरा बेहुलाले सुनेपछि त के चाहियो रु उनले मण्डपमै हंगामा गरे । बेहुली तथा उनका बुवालाई गालीगलौज गर्न थाले र हातपातसमेत गरे ।

उक्त घटनापछि बेहुलीले बेहुलाको घरमा अन्मिएर जान अस्विकार गरिन् । त्यसपछि दुबै पक्षले सहमतिमै बिहे रद्द गर्ने फैसला गरे । बिहेका लागि एक अर्कालाई दिएका सामानहरुसमेत फिर्ता गरियो । बेहुली पक्षले बिहेको तयारीमा खर्च गरेको १ लाख भारु क्षतिपूर्ति बेहुला पक्षले दिने सहमति पनि भयो ।

प्रतिक्रिया दिनुहोस