यि निर्मोही श्रीमती जसले विबाह गरेको ३ महिनामा नै पतिलाई छोडेर पतिकै सल्लाहामा अर्का पुरुषसँग बिहे गरिन्

एजेन्सी । भर्खरै विवाह गरेर भित्र्याएकी श्रीमतीको विवाह अर्कैसंग गराइदिएको तपाई कल्पना गर्न सक्नुहुन्छ त ? भारतको कानपुरका एक युवकले तीन महिनाअघि धुमधामका साथ विवाह गरेर भित्र्याएकी श्रीमतीलाई धुमधामका साथ विबाह गरेर बिदाई गरिदिएका छन् ।

गोलु भनिने सुजित नामका ती युवाले आफ्नी श्रीमती शान्तीको विवाह उनको प्रेमी रविसँग गराइदिएको भारतीय मिडियाले उल्लेख गरेका छन् । सानीगाउँका सुजितले श्यामनगरकी शान्तीसँग गत फेब्रुअरी १९ मा विवाह गरे तर श्रीमती माइत गएपछि फर्केर आइनन् र शान्तीलाई लिन सुजित माइत गए ।

त्यही मौका छोपेर उनले श्रीमान्लाई नभई अर्का युवकलाई प्रेम गर्ने बताएपछि उनका श्रीमान् केही समयपछि आफ्नी पत्निको अर्का पुरुषसँग विबाह गरिदिन राजी भए । परिवारका सदस्यहरुसँग सल्लाह गरेर उनले शान्तिको विबाह गरिदिए ।

प्रतिक्रिया दिनुहोस